छिमेकी जिल्लामा धमाधम विद्यार्थीमा कोराना भाइरसको संक्रमण बढ्दै गएपछि पर्वतको जलजला गाउँपालिकाले भौतिक उपस्थितीमा पठनपाठन अनिश्चितकालका लागि बन्द गरिएको छ।

बैशाख १३ गतेदेखि पालिका भित्र रहेका निजी तथा सरकारी विद्यालयलाई भर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बेनीअनलाइनलाई जानकारी दिनुभयो । उहाँले पठनपाठनसँगै परीक्षा समेत स्थगित गरिएको बताउनुभयो ।

विद्यालय खोल्ने सम्भावना कोरोना संक्रमण र राष्ट्रियस्तरमा जारी भएको निर्देशन र सूचनाका आधारमा हुने भएकाले अर्को सूचना जारी नहुदाँसम्म विद्यालयभित्रको पठनपाठन बन्द गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले अभिभावकलाई विद्यार्थीलाई घर बाहिर जान नदिन, अपरिचित ब्यक्तिहरु गाउँमा देखिएमा सूचना दिन समेत अनुरोध गरेको छ ।

Leave a Reply