मंगलबार बागलुङमा १४ संक्रमित थपिएका छन् । तीमध्ये ४ जना जिल्ला प्रहरीको हिरासतमा बसेका बन्दी छन् । बाँकी १० जना सदरमुकाम आसपासका हुन् । उनीहरुको ठेगाना खुलेको छैन ।

अन्यत्र ठेगानाका भएपनि सदरमुकाममा बस्दै आएकाहरु बढी भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।उनीहरुमध्ये अहिलेसम्म ताराखोला कोभिड अस्पतालमा १ जना, धौलागिरि अस्पतालमा ३ जना गरी ४ जना आइसोलेसनमा छन् ।

बाँकी सबै घरघरमै रहेका छन् । पछिल्लो समय संक्रमितको संख्या बढेपछि जोखिम बढेको छ । सहरीक्षेत्रमा लकडाउनको अबस्था आएपनि बागलुङमा भने बिद्यालय मात्रै बन्द छन् । बागलुङमा मंगलबारसम्म ९२ जना कोरोनाका सक्रिय संक्रमित पुगेका छन् ।

Leave a Reply