बेनी अस्पतालमा कोरोनाको लक्षण देखिएपछि उपचारका लागि मंगलबार गएकामध्ये एटिजेन्ट परीक्षण ११ जनामा कोरोना देखियो । सोमबार बेनीका दुई विद्यालयका विद्यार्थी सहित शिक्षकमा समेत एटिजेन्टमा पोजेटिभ रिर्पोट आएपछि जिल्लाका सबै विद्यालय बैशाख मसान्तसम्म बन्द गरियो । एन्टिजेन्टमा कोरोना देखिएपछि गरिएको पिसिआर समेत पोजेटिभ आयो।

एन्टिजेन्ट स्किृनिङको क्रममा अस्पतालको प्रयोगशालामा धमाधम संक्रमति भेटिन थालेका छन् । रुघा र ज्वरो देखिएपछि अस्पतालमा पुगेका विरामीमा धमाधम कोरोनाको लक्षण सहित पोजेटिभ रिर्पोट आउन थालेपछि समुदायस्तरमा कोरोना संक्रमणको अवस्था डरलाग्दो रहेको भन्दै चिकित्सक चिन्तित भएका छन् ।

एन्टिजेन्ट किट प्रयोग गरी कोरोना परीक्षण टेष्टको विश्वसनीयता पीसीआर परीक्षण सरह हुने भएकाले अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकालाई घरमै सुरक्षित राखिएपनि प्रयाप्त अनुगमन नहुदाँ थप संक्रमण फैलिने जोखिम रहेको चिकित्सकको भनाई छ ।

सामान्य रुघा, खोकी र ज्वरोका बिरामीअस्पतालको ओपिडीमा चेकजाँचको क्रममा बिरामीमा कोरोनासँग मिल्ने लक्षण भेटिएपछि ’एन्टिजेन्ट किट प्रयोग गरी कोरोना परीक्षण टेष्टको क्रममा दैनिकजसो संक्रमति भेटिन थालेपछि जोखिम भयावह हुने अवस्था देखिएको भन्दै उच्च सर्तकता अपनाउन कडाई गर्नुपर्ने स्वास्थ्य कार्यालय म्याग्दीमा निमित्त प्रमुख एकनारायण लम्सालले बताए।

उनले एन्टिजेन्ट परीक्षणमा देखिएको पोजेटिभ रिर्पोटको नतिजाले बेनी नगरपालिका अन्य स्थानीय तहको तुलनामा निकै जोखिममा रहेको बताए ।

पिसिआर जस्तै एटिजेन्ट परीक्षणमा समेत बिरामीको घाँटी तथा नाकबाट ¥यालको नमुना लिन्छन्। पिसीआर जस्तै यो प्रविधिबाट सहज र सरल तरिकाबाट कोरोना भाइरस भए नभएको पत्ता लगाउन सकिन्छ ।

तर एन्टिजेन परिक्षणका क्रममा लिएको –यालको नमुना प्रयोगशालमा नभएर किटबाट जाँच गरिन्छ। एन्टिजेन परीक्षणका देखिएको कोरोनाको नतिजाले बेलमै होस नपु¥याए भयावह अवस्था नजिकै रहेको स्वास्थ्यका जानकारहरु बताउँछन् ।

म्याग्दीको सदरमुकाम बेनीबजार प्रवेश गर्ने नाकाहरुमा बाहिरी जिल्लाबाट आउनेहरुबाटै संक्रमण समुदायस्तरमा पुगेकाले जनस्वास्थ्यका मापदण्डको पालनामा आवश्यक ध्यान दिन नसक्दा थप जोखिम बढ्ने निश्चित छ ।

Leave a Reply