कोरोनाको जोखिमले म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङस्थित प्राकृतिक तातोपानी कुण्ड बन्द गरिएको छ ।  बेनी–जोमसोम–कोरला सडक अन्तरगत मुस्ताङ जाने आन्तरिक तथा बाह्य पर्यटकबाट कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी आगामी बैशाख २८ गतेसम्मका लागि कुण्ड बन्द गरिएको ब्यवस्थापन समितिका अध्यक्ष अमृतमान शेरचनले जानकारी दिनुभयो ।

‘कुण्डमा स्नान गर्न रोक लगाइएको छ,‘जिल्लाबाट प्राप्त सूचनालाई आधार मानेर बन्द गरिएको हो’अध्यक्ष शेरचनले भने ।

बेनी–जोमसोम सडकअन्तर्गत कालीगण्डकी नदी किनारमा रहेको भुरुङ तातोपानी कुण्ड जिल्लाकै प्रमुख पर्यटकीय स्थल मानिन्छ । सडकदेखि करिब तीन मिटर तल कुण्डमा स्नान गर्न आउने अधिकांस जिल्ला बाहिरका हुन्छन् । यता बेनपा ४ सिंगा तातोपानी कुण्ड समेत विस्तारै खाली हुदै गएको छ ।

नयाँलाई स्नान गर्न नदिने र नियमित स्नान गरिरहेकालाई मात्रै स्नान गर्न दिने गरी कुण्ड सञ्चालन भइरहेको छ। एक बिरामीले न्यूनतम ५ देखि १५ दिनसम्म स्नान गर्ने भएकाले नयाँ टिकट वितरण बन्द गरिएको छ । यसैबीच जिल्लाभित्र रहेका अन्य कुण्डलाई समेत तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई अनुरोध गरेको छ।

Leave a Reply