बेनी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) मा चेकजाँच गर्न आउने बिरामीमा दैनिकजसो एटिजेन्ट परीक्षण कोरोना संक्रमण देखिएपछि अनिश्चितकालका लागि ओपिडी सेवा बन्द गरिएको हो ।

कोभीड १९ बाट बच्नका लागि बढी भीडभाड नहुन दिन आकस्मिक बाहेकका सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जितेन्द्र कडेलले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

‘ओपिडीमै आइरहेका बिरामीमा कोरोना पुष्टी भएको छ,‘समान्य अवस्थामा केही दिन अस्पतालमा नआउन अनुरोध गर्दछु,‘नजिकैको स्वास्थ्यचौकीमा पुगेर थप सेवा आवश्यक परेमा हामीले स्वास्थ्यकर्मीसँगै गाउँमै सहजिकरण गछौं’ डा. कँडेलले भन्नुभयो ।

ओपिडी सेवा बन्द भएपनि नियमित औषधि सेवन गरिरहेका मधुमेह, कलोजो जस्ता दिर्घरोगीलाई आकस्मिक कक्षमै सेवा दिने अस्पतालले जनाएको छ । दिर्घरोगीलाई विमाबापतको प्राप्त हुने औषधी केही समय खरिद गरेर समेत प्रयोग गर्न चिकित्सकले अनुरोध गरेका छन् ।

अस्पतालमा घुलमिल हुदाँ कोरोना संक्रमण फैलिए दिर्घरोगीलाई समस्या हुने भएपनि जटिल अवस्थामा कोरोनाको त्रासले घरमै रोग पालेर नबस्न समेत डा. कँडेलले अनुरोध गर्नुभयो । अस्पतालमा दैनिक दैनिक सरदर २ सय ५० जना बिरामीले ओपिडी सेवा लिने गरेका छन् ।

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि थप ३ बेडको आइसोलेसन कक्ष स्थापनाको तयारी समेत गरिएको छ । हाल २ बेडको आइलोसन कक्ष रहेपनि संक्रमति सबैजसो होम आइसोलेसनमा रहेका छन् । बाध्य भएको भन्दै चिकित्सकले चिन्ता जनाएका छन् । यता ओपिडी सेवा बन्द भएपनि प्रसूती सेवा, इन्जेक्सनको सेवासहित आकस्मिक अन्तरगत पर्ने सबै सेवा भने बन्द हुने छैन ।

Leave a Reply