परिवारका सबै कोरोना सक्रमित भई उपचार गराईरहेको आज १८ दिन भयो । पहिलो ८ दिन घरमै औषधि लिईराखेको र त्यसपछिका ९ दिन पाटन अस्पतालको आईसियु र जनरल वार्डमा उपचार भैराखेको छ । बिस्तारै सुधार भैरहेको महसुस भएको छ । बिषम परिस्थितिमा अस्पताल सम्म आएर सहयोग गर्नुहुने सबैप्रति ऋणी छु ।
काठमाडौ उपत्यकाभित्र संक्रमण भित्र भित्र फैलिसकेको न त सरकारले चाल पायो न त हामि सर्वसाधारण कसैले पनि । जोगाउदा जोगाउदै र आफु पनि जोगिने कोसिस गर्दैगर्दा कसरी सक्रमित हुन पुगियो थाहा नै भएन ।
सक्रमण भएर भाईरसले धेरै नै गारो बनाएपछि अस्पताल पुग्दा अस्पतालमा भर्ना पनि नलिने,बेड पनि नपाउने स्थिति बन्यो र ६ गते एकदिनभरी नै एम्बुलेन्समा आठ (८) महिनाको छोरालाई राखेर अस्पतालको खोजिमा उपत्यकाका अस्पतालमा पुग्दा त्यो दिन साझ परिसकेको थियो ।
त्यसदिन भएका सबै घटनाक्रमलाई शब्दमा ब्यक्त गर्न नसकिएपनि प्रत्येक क्षण ताजानै रहेका छन। त्यसैदिन सहकर्मिको सहयोगले बाबुको लागि पाटन अस्पतालमा एउटा बेड पाईयो र उपचार गराईरहेको छु ।
कोभिड (कोरोना) केहि होईन भन्ने मानिसहरू को हुन त ?
  1. कोभिडको अघिल्लो लहरमा लागेर आफै ठिक भएको ।
  2. कोभिडको समस्यामा नपरेको , कोभिड लागेपनि कुनै समस्या नदेखिएको र खासै औषधि नगरीकन निको भएको मानिसहरूले कोरोना केहि होईन भनि सोच्दछन र यहि सोचले नै देशब्यापि समस्या सिर्जना हुदैछ ।
  3. जसले आफन्त, पृयजन, गुमाउनुपरेको छैन ।
  4. जसको घरमा बालबच्चा र दीर्घरोगी,वृद्धवृद्वा रहेका छैनन ।
  5. जसको आफन्त अस्पतालमा भर्ना हुनुपरेको छैन वा जसले अस्पतालमा आएर कोभिडका बिरामिलाई कुर्न वा हेर्न परेको छैन ।
  6. जसको कोहि आफन्त आईसियु वा भेन्टिलेटरमा रहनुपरेको छैन ।
  7. जसले वा जसको मान्छेले अस्पतालमा बेड नपाएर,भर्ना नपाएर उपचार नपाएर, अक्सिजन नपाएर, आईसियु वा भेन्टिलेटर नपाएर मर्नुपरेको छैन ।
  8. जो आफैलाई यी माथिका कुनै पनि समस्या परेका छैनन उसले कहिल्यै पनि बुझ्न सक्दैन, उनिहरूका कुरा नसुनौ ।त्यसैले सम्पूर्ण पृयजनहरूमा पाटन अस्पतालबाट मेरो अनुरोध छ ।
  9. देशभरी सक्रमण फैलिरहेकोले राम्रो उपचारको आशामा देशभरीबाट उपचारको लागि काठमाडौका सरकारी र नीजि अस्पतालहरूमा बिरामि रिफर भएर आएको र पठाएकोले उपत्यकाका अस्पतालमा बेड खालि रहेका छैनन ।
  10. आईसियु र भेन्टिलेटर भरिएका छन ।
  11. बेड पाउनका लागि नै सिफारिस,भनसुन,चिनजान हुनुपर्ने अवस्था छ ।
  12. अस्पताल भित्रको अवस्था कहालिलाग्दो छ । यथार्थता नबुझि कोरोनालाई कम नसोचौ
  13. त्यसैलेअहिले फैलिरहेको कोभिड सक्रमण अघिल्लो भन्दा घातक रहेको आफैले भोगेको हुनाले यसलाई सामान्य रूपमा नलिनुहोस,गम्भिर हुनुहोस ।
  14. महामारीको यो अवधीभर घरमा हुनुभएका स-साना बालबालिका,बच्चा,दीर्घरोगी र वृद्धवृद्वालाई अलग अलग गर्नुहोस,अलग राख्नुहोस ।
  15. मलाई कोरोना लाग्दैन, केहि हुदैन भनेर सोच्दै नसोच्नुहोस । यो सबैभन्दा ठुलो गल्ति हो ।
कोभिड लागेको साना बच्चाको उपचारको लागि सरकारले कुनै ठाउ तोकेको छैन,बच्चाको अस्पतालले कोभिड लागेको बच्चालाई भर्ना लिन नमान्ने,उपचार नगर्ने र उपचार पनि खर्चिलो रहेको स्थिति हुँदा साना बच्चाको विशेष बिशेष ख्याल गर्नुहोला ।
अन्त्यमा, नेपाल जस्तो अस्तब्यस्त देशमा जन्मनु तपाई हाम्रो गल्ति त होईन तर नेतृत्वको हरेक कुकृत्यको परिणाम तपाई हामिले भोग्नु नै पर्ने अवस्था छ । सरकारले तपाई मेरो जिम्मेवारी लिदैन,आफु र आफ्नो परिवारको लागि आफै नै जिम्मेवार बनौ । जोखिम समुहबाट अलग बसौ

Leave a Reply