के तपाई बेनी अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) बन्द वा कोरोना भाइरसको सङ्क्रमणको त्रासले बेनी अस्पताल कसरी जाने भन्ने चिन्तामा हुनुहुन्छ । यदि त्यस्तो छ भने तत्कालै उपचारका लागि अस्पतालमा चिकित्सकलाई खोज्दै जानुपदैन्।

आफ्नो समस्यालाई घरमै बसेर अस्पतालका चिकित्सकलाई फोन गरी आफ्नो स्वास्थ्य समस्याका बारेमा आवश्यक परामर्श लिन सक्नुहुन्छ।

नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको जोखिमसँगै अस्पतालमा आएका बिरामीको एटिजेन्ट परीक्षण कोरोना देखिएपछि बहिरङ्ग सेवा बन्द भएसँगै विरामीको सेवाका लागि ‘हेलो डक्टर’ सेवा सुरू गरिएको हो ।

कोरोनाको जोखिम ह्वात्तै बढेको अवस्थामा चिकित्सले पहिलो उपचार घरबाटै र आवश्यक परामर्शपछि मात्रै अस्पताल जाने गरी सेवा सुरू गरेको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जितेन्द्र कडेलले बेनीअनलाइनलाई बताउनुभयो । ‘अस्पतालमा उपचारका लागि आउनुभएका बिरामीमै कोरोना देखिएको छ,‘दिर्घरोगीका लागि पनि यो सेवाले थप सहज हुनेछ’ डा.कँडेलले भन्नुभयो ।

अस्पतालको ओपिडी कक्षमा दैनिक करिब ३ सय बिरामी आउने गरेको अवस्थामा सेवा बन्द भएपछि सर्वसाधारणलाई स्वास्थ्य समस्यामा परामर्श दिनका लागि ‘हेलो डक्टर कक्ष’ सञ्चालनमा ल्याएको डा. कँडेलको भनाई छ।

चिकित्सक बाहेक अस्पतालको आकस्मिक र भर्ना कक्षको हटलाइन सेवामा समेत सम्पर्क गर्न सकिन्छ । प्रत्येक दिन बिहान ८ देखि दिउँसो ५ बजेसम्म र अति आवश्यक परेमा साँझ र रातिको समयमा आकस्मिक कक्षमा सम्पर्क गरी चिकित्सकलाई बोलाउन सकिने अस्पतालले जनाएको छ ।

अस्पतालमा घुलमिल हुदाँ कोरोना संक्रमणको जोखिम भएकाले कोरोना संक्रमणको अवस्था सहज नहुदाँसम्म जटिल समस्या बाहेकका बिरामीले घरमै बसेर सेवा लिन अनुरोध सहित स्थानीय तहका स्वास्थ्य शाखालाई समेत समन्वयका लागि अनुरोध गरिएको छ ।

अस्पतालभित्र कोरोनाका लक्षण देखिएका बिरामीको उपचारका लागि ‘फिबर क्लिनिक’ समेत सञ्चालन गरिने छ । कोरोनाबाट बेनी अस्पतालका दुई चिकित्सक सहित ३ जना संक्रमति छन् । नियमित बिरामी चेकजाँच गर्ने देखि प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पताल हटस्पट बन्ने जोखिमलाई मध्यनजर गरी प्रसूती सेवा सहित आकस्मिक सेवा बाहेक बन्द गरिएको थियो।

 

Leave a Reply