कोरोनाको दोस्रो लहर तीव्र फैलिइरहँदा समेत हेल्चेक्य्राइँ र लापरबाही नरोकिएपछि म्याग्दीको सदरमुकाम बेनीबजार प्रवेशद्धार कालिपुलमा चेकजाँच कडाई र बाहिरी जिल्लाबाट आउनेलाई लक्षित गरी शुक्रबारदेखि पुनः होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने भएको छ ।

जिल्लाका सबै स्थानीय तहबाट एक–एक कर्मचारी खटाई यात्रुको अभिलेख राख्ने र संक्रमति भेटिए कन्ट्याक्ट ट्रेसिङ गरिने कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

म्याग्दी प्रवेश गर्ने मुख्य नाकामा सुरक्षाकर्मी सहितको जनशक्तीलाई समेत थप ब्यवस्थापन गर्न प्रजिअ गणेशबहादुर अधिकारीले निर्देशन दिनुभएको छ ।

‘बाहिरी जिल्लाबाट आउने यात्रुलाई कडाई गर्ने गरी आवश्यक तयारीसँगै छड्के अनुगमन समेत गरिन्छ’ प्रजिअ अधिकारीको भनाई उद्धित गदैं डिसिसिएमसिका एक सदस्यले भने ।

यसअगाडी समेत प्रशासनमा आयोजित बैठकमा प्रजिअ अधिकारीले नाका ब्यवस्थित गर्न माग गरेको जनशक्ती ब्यवस्थापनमा स्थानीय तहले आनकानी गरेपछि अलपत्र परेको थियो ।

होल्डिङ सेन्टर सञ्चालनमा ल्याउन नसके जिल्लामा कोरोनाको अवस्था झन भयावह हुने चेतावनीपछि शुक्रबारदेखि हेल्थ डेस्क आवश्यक जनशक्ति ब्यवस्थापन गरिएकाले सहज हुने बताइएको । हेल्थ डेस्कमा म्याग्दी आउने सबै यात्रुको कोभिडको संक्रमणको सामान्य लक्षण र ज्वरो मापन गरिनेछ ।

शंकास्पद यात्रुको बेनी अस्पतालमा एन्टिजेन्ट स्किृनिङ गरी रिर्पोट आएपछि क्वारेन्टाइन, होम क्वारेन्टाइन वा सम्बन्धित पालिकामा खबर गरी जिम्मा लगाइने जनाइएको छ । होल्डिङ सेन्टर सञ्चालनका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको व्यवस्था भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply