कोरोनाको दोस्रो लहर तीव्र फैलिइरहँदा समेत नेपाल सरकारले तोकेको मापदण्डको उल्लंघन भइरहेको नेपाली कांग्रेस म्याग्दीले आरोप लगाएको छ ।

पार्टी सभापति खमबहादुर गर्बुजा (खम्बिर) बिहिबार जारी गरेको प्रेस विज्ञप्तीमा सरकारको नेतृत्वकर्ता प्रधामन्त्री केपी शर्मा ओलीको पार्टी नेकपा एमालेले कोरोना भाइरस (कोभिड–१९) महामारीलाई समेत बेवास्ता गरी सरकार र स्थानीय प्रशासनले तोकेको मापदण्डलाई लत्ताउँदै उद्घाटन, भेला, प्रशिक्षण जस्ता गतिविधि गरिरहेको प्रति गम्भीर असहमति उल्लेख छ ।

विज्ञप्तीमा यस्तो अवस्थामा कांग्रेसले सरकारले तोकेको मापदण्ड अनुसार पार्टीका गतिविधि स्थगित गरेको र अर्को सूचना जारी नहुदाँसम्म नगर्ने प्रतिबद्धता समेत जनाइएको छ ।

सरकार निकाट पार्टीले यस समयमा गरेको गतिविधिप्रति पूर्णरुपमा असहमति जनाउँदै तत्काल रोक्न समेत माग गरेको नेपाली कांग्रेसको विज्ञप्तीमा जनाइएको छ ।

कांग्रेसले जिल्ला प्रशासन कार्यालयको आदेशमा तोकिए अनुसारका गतिविधि सञ्चालनमा पूर्ण रुपमा पालना गरी सङ्क्रमण फैलिन नदिनका लागि सरकारी प्रयासमा सहयोग गर्ने बाचा समेत गरेको छ।

म्याग्दीमा विगतमा समेत राजनीतिक दलका गतिविधि कोरोनाको महामारीमा तिब्र गतिमा हुने गरेको सरोकारवाला निकायले समेत आलोचना गर्ने गरेका थिए । म्याग्दीमा कोरोनाको पहिलो लहरमा राजनीतिक दलले रोकथाम र नियन्त्रणमा साझा संकल्प समेत गरेका थिए ।

Leave a Reply