कोभिड ’समुदायमा फैलिन सक्ने जोखिमलाई मध्यनजर गरी कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले विभिन्न निर्णय गरेको छ । म्याग्दी कोरोना संक्रमणको जोखिममा रहेको पछिल्ला दिनमा देखिएको संक्रमितको संख्याले समेत प्रष्ट हुन्छ । म्याग्दीमा कोरोनाको रोकथाम सहित सम्रग विषयमा स्वास्थ्य कार्यालय म्याग्दीमा निमित्त प्रमुख एकनारायण लम्सालसँग बेनीअनलाइनले गरेको छोटो कुराकानी ।

म्याग्दी पनि नयाँ भेरियन्ट सहितको कोरोनाभाइरस संक्रमणको जोखिममा परेको हो त ?
हामीले म्याग्दी मै नयाँ भेरियन्टको कोरोना संक्रमण भएको भनेर भन्न सकिन्न र भेरियन्ट यही नै हो भनेर छुट्टाउने प्रविधि हामी कहाँ छैन । तर पनि पहिलेको तुलनामा संक्रमण दर एकदम बढी भएको र चिन्ह लक्षण पनि पहिले भन्दा अलि फरक र गम्भीर भएका कारण भाईसरको स्वरुपमा परिवर्तन भएको अनुमान मात्रै गर्न सकिन्छ । पहिलेको तुलनामा अहिलेको संक्रमण दर ज्यादै बढी छ ।

पछिल्लो समय म्याग्दीमाकोरोना संक्रमतिधमाधम भेटिनथालेकाछन्, संक्रमणनियन्त्रणमा के कस्ता योजनाबनाउनुभएको छ ?
संक्रमण नियन्त्रणका लागि हरेक नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गरिदिनु एकदम आवश्यक छ । सोही सम्बन्धमा नेपाल सरकारको निर्देशन पनि आईसकेको र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सोही निर्देशनका आधारमा केही निर्णयहरु गरेको छ। जसमा मेला, पर्व,महोत्सव,सभा, सम्मेलन, मठ, मन्दिरको दर्शन जस्ता भीडहुने कुराहरु बैशाख मसान्त सम्मलाई बन्द गरिएको छ । धार्मिक तथा सास्कृतिक कृयाकलापहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गरी २५ जना सम्म मात्र सहभागी हुन पाउने, होटल, पसल, सपिङ मल, डिपार्टमेन्टल स्टोरहरु संचालन गर्दा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने सम्बन्धमा अनुरोध गरिएको छ ।

यसै गरी सार्वजनिक सवारीलाई पनि मापदण्ड सहित संचालन गर्ने, काली पुल र रत्नेचौर नाकामा सवारी साधनको अनुगमन गरी जनस्वास्थ्यका मापदण्ड पालना गराउने तथा विदेशबाट वा संक्रमण दर उच्च रहेका जिल्लाहरुबाट आउने व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टायन बस्न अनुरोध गर्ने तथा सो को अनुगमन स्थानीय तहहरुबाट गरिदिनु हुनको लागि पनि निर्णय र पत्राचार गरिएको छ भने संक्रमित व्यक्तिहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ तथा निजहरुलाई क्वारेन्टायन बस्न लगाउने र सो को अनुगमनको लागि स्थानीय तहहरुमा रहेका केश ईन्भेस्टिगेशन एण्ड क्न्याट्याक्ट ट्रेसिङ टिमलाई परिचालन गर्ने निर्णय भएको छ ।

जिल्लाभर सबैभन्दाजोखिममा सदरमुकाम बेनीबजार देखिएको छ, समुदायमा संक्रमणको अबस्थाबुझ्न’कम्युनिटी टेष्टस्किृनिङ’को आवश्यकता देख्नुभएको छैन् ?
म्याग्दी जिल्लामा बेनी बजार कोरोना संक्रमणको उच्च जोखिममा छ। सानो बजार क्षेत्रमा घना बस्ती छ र बीचमा पर्यटकहरुको पनि अत्याधिक चाप रह्यो र सबै व्यक्तिहरुमा कोरोना केही होईन भन्ने भावना विकास भयो जस्का कारण जनस्वास्थ्यका मापदण्ड पालना भएन र अहिले एक्कासी संक्रमण दर उच्च देखियो ।

तथापी अझै पनि धेरै बिग्रीसकेको छैन, हामी सबै सम्बेदनशील भईदिने हो भने र संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु तथा घर परिवारका सदस्यहरु कम्तीमा १० दिन क्वारेन्टायन बसिदिने हो भने संक्रमणको चेनलाई ब्रेक गर्न सकिन्छ । म्याग्दी जिल्लाको समुदाय स्तरमा कोरोना भाईरस फैलिसकेको छ भन्ने कुरा धेरै पहिलै पुष्टि भैसकेको कुरा हो ।

ठुलो भुगोल र पातलो बस्ती भएका ठाँउमा कम जोखिम छ, सानो भुगोल र बाक्लो बस्ती भएका ठाँउमा बढी जोखिम छ । त्यसकारण समुदायमा कोरोना संक्रमण छ कि छैन भनेर स्क्रिनिङ टेष्ट गर्नु भन्दा लक्षण सहितका बिरामीहरुको टेष्ट गर्ने र उनीहरुलाई आईसोलेट गर्ने तथा संक्रमितको सम्पर्कमा आएकालाई कम्तीमा १० दिन क्वारेन्टायन राख्न सक्ने कुरा महत्वपूर्ण हुन्छ अब ।

कोभिड–१९ संकटब्यवस्थापन समितिले गरेका निर्णयहरुको कार्यान्वयको अवस्थाकस्तो छ, केहीनिर्णयहरू सस्तो लोकप्रियताका लागि जस्तो देखिन्छ ।
कोभिड १९ संकट व्यवस्थापन समितिले गरेका धेरै निर्णयहरुमा आम समुदाय तथा सरोकारवालालाई अनुरोध गरिएको छ । हरेक व्यक्ति सम्वेदशील नभईदिने हो भने सरकार प्रहरी प्रशासनले मात्रै नियन्त्रण गरेर नियन्त्रण हुने रोग होईन यो । प्रहरी प्रशासन तथा स्वास्थ्यकर्मी सबै व्यक्तिको पछाडि लागेर अनुगमन गर्न पनि सम्भव नहोला ।

कोभिड १९ नियन्त्रणमा हरेक नागरिक र व्यक्ति तथा सरोकारवालाहरुको उत्तिकै महत्वपूर्ण जिम्मेवारी हुन्छ भन्ने लाग्छ मलाई । प्रहरी प्रशासनका लागि मात्रै जनस्वास्थ्यको मापदण्ड पालना गरिदिनु पर्छ मास्क लगाईदिनु पर्छ दुरी कायम गरिदिनु पर्छ उनीहरुले नदेखे जे गरे नि हुन्छ भन्ने धारण हामी सबैले परिवर्तन गर्नु पर्दछ ।

जहाँ सम्म निर्णयहरु सस्तो लोकप्रियताको लागि भन्ने प्रश्न छ मलाई त्यस्तो लाग्दैन। अहिलेको अवस्थामा म्याग्दीमा कोरोनाको संक्रमणदरलाई घटाउन सकियो र आम म्याग्दीबासीलाई सुरक्षित राख्न सकियो भने त्यो भन्दा लोकप्रियता अरु के होला र ।

बेनी अस्पतालको प्रयोगशालामा एन्टिजेन्ट परीक्षणमा कोरोनापुष्टीभएको छ, यो विधिकत्तिको विश्वासिलो मानिन्छ त ?
एन्टिजेन परिक्षण विशेष गरेर स्क्रिनिङका लागि गरिने परिक्षण हो यसको पनि विश्वसनियता लगभग पिसिआर परिक्षणकै जस्तै हो । यस्को सेन्सिटिभिटी भन्दा स्पेसिफिसीटी राम्रो मानिन्छ । हामी कहा जति जनामा एन्टीजेन टेष्ट गर्दा पोजिटिभ आयो ती सबैको पिसिआर पनि पोजिटिभ आएको छ । त्यसकारण रोगको स्क्रिनिङमा यो एउटा सजिलो परिक्षण विधि हो ।

एन्टिजेन्ट परीक्षणबाट भेटिएका संक्रमितको पिसिआर गर्नुहुन्छकिहुदैन त ?
अहिले थोरै संख्यामा भएर गरिरहेका छौ। तर बिरामी दर बढदै गयो भने एउटा टेष्ट मात्रै गर्न पाए हुन्थ्यो भने दिन पनि आउन सक्छ । त्यो बेला एउटा कै आधारमा पनि बिरामी पहिचान गरी व्यवस्थापन गर्नु पर्ने हुन्छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ
हजुरलाई धन्यवाद यो अवसरको लागि। विश्व लगायत नेपाल र म्याग्दी पनि अहिले कोरोना संक्रमणको उच्च जोखिममा रहेको हुदा सम्पूर्ण महानुभावहरुले जनस्वास्थ्यका मापदण्ड पालना गरि आफ्नो पेशा व्यवसाय तथा दैनिकी संचालन गरिदिनु भई कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहभागी भई दिनु हुन अनुरोध गर्दछु ।

Leave a Reply