म्याग्दीको समुदायस्तरमै कोरोना फैलिएपछि म्याग्दी उद्योग वाणिज्य संघले बिहिबारदेखि सचेतनामुलक कार्यक्रम सुरू गरेको छ । सदरमुकाम बेनीसँगै जिल्लाका सबै इकाईमार्फत कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले तोकेको नियमको पालना, ब्यवसाय सञ्चालनको क्रममा जनस्वास्थ्यको मापदण्डको अनिवार्य पालना गर्न अपिल सहित घरदैलो अभियान सुरु गरिएको छ ।

वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठको नेतृत्वमा निस्किएको टोलीले बजारमा पम्पलेट बाड्ने र सचेतना फेलेक्स व्यानर चोक–चोकमा टाँसिएको सहकोषाध्यक्ष नारायण जिसीले जानकारी दिए । कोरोनाको संक्रमणको उच्च जोखिममा ब्यवसायी भएकाले सर्तकता अपनाउन अनुरोध गदैं आवश्यक परे थप कार्यक्रम सहित आउने बरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए ।

ब्यवसायीलाई आफ्ना ग्राहकलाई सेवा दिने क्रममा मास्क, भौतिक दुरी कायम, नियमित सावुनपानीले हातमुख धुने र सेनिटाईजरको प्रयोगलाई अनिवार्य गर्न समेत अपिल गरेको छ । म्याग्दीको सदरमुकाम बेनीबजार कोरोनाको उच्च जोखिममा रहेको छ । जिल्लामा रहेका संक्रिय संक्रमतिमा अधिकांस बेनीबजार भित्रैका छन् ।

Leave a Reply