म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनीधिहरुले एक हप्ता अघि भएको उनिहरुको मुस्ताङ भ्रमणसँग सम्बन्धित समाचारको बिषयमा बिहिबार एक संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका छन् ।

योजना तथा कार्यक्रम कार्यान्वयनलाई बेवास्ता गर्दै आर्थिक तथा प्रशासनिक सेवा प्रभावित हुने गरि गाउँपालिकाका जनप्रतिनिधी र केही कर्मचारीहरु भ्रमणमा गएको बिषयमा बेनीअनलाइन लगायत सञ्चार माध्यममा समाचार सार्वजनिकका साथै जनस्तरबाट चर्को आलोचना, दवाव र बिरोध भएपछि बैशाख ८ गते मुस्ताङ पुगेका उनीहरु ९ गते मुक्तिनाथबाटनै फर्कनुभएको थियो ।

उपाध्यक्ष केशमाया मगर लगायत ८ वटै वडाका अध्यक्ष र कार्यापालिकाका सदस्यहरुद्धारा हस्ताक्षरित विज्ञप्तिमा २०७७ चैत २८ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार बेनी जोमसोम कोरला सडक आयोजना निर्माणको अवस्था अध्ययन र अन्नपूर्ण गाउँपालिकाको क्षेत्रमा गत बर्खामा बाढी पहिरोले पु¥याएको क्षतिग्रत सडक पुननिर्माणलाई गति दिन आयोजनाको जोमसोम स्थित कार्यलयका अधिकारीहरुसँग छलफलका लागि भ्रमणमा गएको उल्लेख छ ।

भ्रमणले गाउँपालिकाको कार्यसम्पादनमा असर नपुगेको पनि उनिहरुको तर्क छ ।तर, भ्रमणमा प्रमुख प्रशासकीय अधिकृत सहितको टोली गएकाले दैनिक कार्यसम्पदानमा असर गरेको थियो । भ्रमणकै दिन गाउँपालिकामा भइरहेको शिक्षकको दरबन्दी मिलान सम्बन्धित बैठकमा समेत भ्रमणमा गएका जनप्रतिनिधि, कर्मचारीको परामर्श आवश्यक भएपनि बैठक कक्षमै प्रवेश नगरी गएका थिए ।

बैशाख ११ गते सम्मको कार्यक्रम बनाएर भ्रमणमा गएको टोली ९ गतेनै फर्किनुका साथै खर्च समेत ब्यक्तिगत हिसाबले ब्यहोर्ने घोषणा गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत सुरण शर्मा पौडेलका अनुसार चालु आर्थिक वर्षमा खरिद जन्य ५१ वटा सहित २०५ वटा योजना तथा कार्यक्रमलाई बजेट बिनियोजन भएको छ ।

गत आइतबार सम्म १३३ वटा योजना सम्झौता भएकोमा ४१ वटाले निर्माण सकेर अन्तिम किस्ता भुक्तानी लगेका छन् । ९२ वटा योजना कार्यान्वयनको क्रममा छन् । आर्थिक वर्ष सकिन तीन महिना बाँकी हुँदा ७२ वटा सम्झौता हुन बाँकी छ । १५ लाख रुपैयाँ भन्दा बढी बजेट बिनियोजन भएका छ वटा योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिएको छ ।

कुल ४५ करोड १४ लाख नौ हजार ६२० हजार रुपैयाँ बजेट बिनियोजन गरेको अन्नपूर्णले आइतबारसम्म ३७.०९ प्रतिशत अथवा १७ करोड ११ लाख २५ हजार साठी रुपैयाँ खर्च गरेको छ ।

चालुतर्फ २९ करोड ५७ लाख ७५ हजार ६२० रुपैयाँ बिनियोजन भएकोमा १३ करोड ६३ लाख ९० हजार ८२९ रुपैयाँ अथवा ४६.११ प्रतिशत खर्च भएको छ । पँुजिगत तर्फ १५ करोड ५६ लाख ३४ हजार रुपैयाँ बिनियोजन भएकोमा तीन करोड ४७ लाख ३४ हजार २३१ रुपैयाँ अथवा २२.३२ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । काम सकिएका आयोजनाका उपभोक्ता समितिलाई बोलाएर धमाधम भुक्तानी गरिरहेको उनले बताए ।

Leave a Reply