कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला स्तरीय कोराना रोकथाम जिल्ला समन्वय समितिले वैशाख १९ गते देखि एक हप्ता कुश्मा बजारमा निषेधाज्ञा सहितको लक डाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार आज बसेको वैठकले आगामी आइतबार देखि सदरमुकाममा एक हप्ते निषेधाज्ञा सहितको लक डाउन गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार १८ गते राती १२ बजे देखि एक हप्ता सदरमुकाम कुश्मा बजार भित्र सवारी साधन बन्द हुनेछन भने अत्यावश्यक बाहेकका पसलहरु पनि बन्द हुनेछन् । अत्यावश्यक बाहेक कोहि पनि घरबाट बाहिर ननिस्कन समेत प्रशासन कार्यालयले सर्वसाधरणलाई आग्रह गरेको छ ।

अत्यावश्यक सेवा अन्तर्गतका पसलहरु पनि विहान र साँझको समयमा मात्र खुल्ला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ । जिल्लामा संक्रमणको दर बढ्दै जाँदा कुश्मा नगरपालिकाले नगरको बजार क्षेत्रमा लक डाउन सहितको निषेषाज्ञा जारी गर्र्न अनुरोध गरेको थियो ।

Leave a Reply