कोरोना संक्रमणको दर बढ्दै गएपछि छिमेकी पर्वत जिल्लाको सदरमुकाम कुस्माबजारमा एक हप्ता कुश्मा बजारमा निषेधाज्ञा सहितको लकडाउन गरिने भएको छ । जिल्ला स्तरीय कोराना रोकथाम जिल्ला समन्वय समितिले वैशाख १९ गते देखि २५ गतेसम्म कुस्मा बजारमा कडाई गर्ने निणर्य गरेको छ ।

निषेधाज्ञाको अवधिमा सबैभन्दा कडाई यातायातका साधनमा हुने संकेत समेत प्रशासनले गरेको छ । दैनिकजसो कोरोना संक्रमति भेटिन थालेपछि पर्वत प्रशासनले गरेको निषेधाज्ञाको निर्णयले धौलागिरीका अन्य तीन जिल्लाका यात्रुलाई सवारीसाधनमा आवतजावत गर्ने यात्रुले चासो देखाएका छन्।

कुस्मामा हुने एक हप्ते बन्दले मध्यपहाडी लोकमार्गमा पुर्व पश्चिम सञ्चालन हुने सवारी साधनमा सवार यात्रुलाई कुनै असर गर्ने छैन् । राजमार्ग अन्तरगत मुस्ताङ, म्याग्दी, बागलुङबाट कुस्मा हुदै गन्तब्यमा जाने यात्रुले भने कुस्माबस स्टेशनमा ओर्लन पाउने छैनन् ।

राजमार्गमा आवतजावत गर्ने सवारीसाधनलाई कुस्मा बजारभित्र प्रवेश गर्न दिइने छैन भने यात्रुलाई सडक सञ्जालको मात्रै प्रयोग गर्ने दिने र यात्रुलाई रोक्ने स्थानहरुको पुर्वनिर्धारित तालिकाहरु भने प्रभावित हुने देखिएको यतायात ब्यवसायीको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी देवी पाण्डेको अध्यक्षतामा बसेको बैठकले कुश्मा बजार भित्र सवारी साधन बन्द हुनेछन भने अत्यावश्यक बाहेकका पसलहरु पनि बन्द हुने निर्णय गरेकाले राजमार्गमा गुड्ने सवारीसाधनलाई भने निषेधाज्ञाको प्रभाव नपर्ने जिल्ला प्रशासनले जनाएको छ । विगतका बर्षहरुमा पर्वतमा मात्रै बन्द हुदाँ राजमार्गमा समेत आवतजावत गर्न समस्या हुने गरेको थियो ।

Leave a Reply