म्याग्दीमा आइतबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बेनी नगरपालिका ५ महिला, ३ पुरुष, धवलागिरी गाउँपालिकाका २ पुरुष, १ महिला, मालिका गाउँपालिका १ महिला, २ पुरुष,मंगला गाउँपालिका ३ पुरुष, रघुगंगा गाउँपालिका २ महिला, ४ पुरुष छन् ।

म्याग्दीमा एकैपटक धेरै स्थानीय तहमा संक्रमति भेटिएको यो पहिलो हो । ६ वटा स्थानीय तहमध्ये आइतबार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका बाहेक ५ वटामा संक्रमित भेटिएपछि म्याग्दीमा कोरोना संक्रमण डरलाग्दो तरिकाले समुदायमा फैलिएको पुष्टी भएको छ ।

ग्रामिण क्षेत्रबाट उपचारका लागि अस्पतालमा आएका बिरामीमा धमाधम कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सबै संक्रमति कन्ट्रायक टे«सिङमा फेला परेका हुन् । यो संगै म्याग्दीमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै संक्रमतिको संख्या ७८ पुगेको छ । जिल्लामा बेलैमा यो दर नियन्त्रण गर्न नसके थप जटिलता उत्पन्न हुने चिकित्सकले चेतावनी समेत दिएका छन् ।

Leave a Reply