म्याग्दीको सदरमुकाम बेनीबजारमा मास्क नलगाएर हिड्ने ६६ जनालाई प्रहरीले कारवाही गरेको छ । सचेतनामुलका कार्यक्रममार्फत मास्क लगाउन गरिएको अपिललाई सर्वसाधारणले बेवास्ता गरेपछि मास्क नलगाउनेलाई नियन्त्रणमा लिने अभियानको पहिलो दिन बेनीबजारका विभिन्न स्थानबाट प्रहरीले समातेर कारवाही गरेको हो ।

मास्क नलगाउनेलाई नियन्त्रणमा लिएर संक्रामक ऐन अनुसार एक सय रुपैयाँ जरिवाना तिराएर सम्झाई बुझाई गरेर पठाउने गरिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए। ‘मास्क नलाउनेको संख्या कम छ,‘अब ठाउँको ठाउँमै कारबाही गछौं’ प्रनाउ राईले भने ।

खल्तीमा मास्क बोकेर पनि नलगाउनेलाई समेत कारवाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ । मास्क लगाउन अटेरी गर्नेलाई थप कारवाही समेत गरिने प्रनाउ राईको भनाई छ ।

बेनीको बिरेन्द्रचोक र बेनीबजार प्रवेश गर्ने कालिपुलमा होल्डिङ जोनमा राखेर जिल्ला प्रशासन कार्यालयमा जरिवाना तिरेपछि मात्रै छोड्ने गरिएको छ । मास्क नलगाउनेबाट पहिलोदिन ६६ सय राजश्व संकलन भएको छ ।

मास्क लगाउन अटेर गर्नेलाई संक्रामक रोग ऐन २०२० को दफा ३ मा संक्रमक रोग सम्बन्धी नियम उल्लंघन गरेको भन्दै १ सय रुपैवा ज वा १ महिना कैद वा दुवै सजायहुने व्यवस्था छ । सोही दफामा नियम पालना गराउने क्रममा काममा अवरोध पु¥याए ६ सय रुपैया जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

प्रहरी मास्क किन्ने पैसा समेत नभएकालाई मास्क समेत वितरण गरेको थियो। सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा ५ सय ४१ जनालाई मास्क वितरण गरिएको थियो । यसैबीच कालिपुल बसपार्कमा रहेको सूचना केन्द्रमा स्थापना गरिएको होल्डिङ सेन्टरमा जिल्ला बाहिरबाट आउने २ सय ७६ जनाको नाम दर्ता गरिएको छ ।

यसैबीच स्वास्थ्य सावधानीका लागि सदरमुकाम बेनीबाट सुरु गरिएको अभियानलाई स्थानीय तहमा रहेका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीले समेत सञ्चालन गर्ने प्रहरीले जनाएको छ । स्थानीय तहसँग समन्वय गरी अनावश्यक काममा घरबाहिर ननिस्कन र अनिवार्य मास्कको प्रयोग गर्न समेत विभिन्न माध्यमबाट अपिल समेत गरिएको छ ।

Leave a Reply