कोरोना संक्रमणकोदर बढ्दै गएपछि बागलुङ नगरपालिकामा दश दिनकालागि निशेधाज्ञा जारी हुने भएको छ ।
आईतबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले वैशाख २१ गतेदेखि निशेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारीस गरेको हो । उक्त सिफारिसको आधारमा सुरक्षा समितिले निशेधाज्ञा लगाउने छ ।

समितिको निर्णय अनुसार बागलुङ नगरपालिकामा वैशाख महिनाभर निशेधाज्ञा जारी हुने भएको हो । यस अघि बागलुङ नगरपालिका र बागलुङ उद्योग बाणिज्य संघले निशेधाज्ञाका लागि प्रशासनमा अनुरोध गरेका थिए । निशेधाज्ञाको समयमा सरकारी कार्यालयहरु भने आंशिक खुल्ने छन् ।

कार्यालय प्रमुखले आलोपालो प्रणालीमा भीडभाड कम हुनेगरी कार्यालय सञ्चालन गरेर अत्यावश्यक सेवा दिन समितिले निर्देशन दिएको छ ।धौलागिरी अस्पतालको प्रयोगशालामा शनिवार गरिएको परीक्षणमा बागलुङ नगरपालिका भित्रकै १८ जना कोरोना संक्रमण पुष्टि भएको थियो ।

आइतवार पनि पोखरामा गरिएको परीक्षणमा २ जना थपिएका छन् । थपिएका दुइजनामा १ जना बानपा १ का छन् । अर्का गलकोटका हुन् । जिल्लाका कुल संक्रमित मध्ये सबैभन्दा धेरै बागलुङ नगरपालिका छन् ।

जिल्ला भित्र १ सय ८ जना सक्रिय संक्रमित रहेको जनाइएको छ । वैठकले धौलागिरी अस्पतालमा सञ्चालनमा आएको पीसिआर प्रयोगशाला दुई सिफ्टमा सञ्चालन गर्न माग समेत गरेको छ ।जनशक्तिको अभावका कारण दुई सिफ्टमा प्रयोगशला सञ्चालन हुन नसकेको भन्दै सामाजिक बिकास मन्त्रालयसँग कर्मचारी पूर्तिका लागि माग समेत बैठकले गरेको छ । Source: dhorpatannews.com

Leave a Reply