जिल्लामा सोमवार मा ६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । धौलागिरी अस्पताल बागलुङको प्रयोगशालामा गरिएको परिक्षणमा बागलुङ नगरपालिका, ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका, जैमिनी नगरपालिका, निसीखोला गाउँपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाका ६८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
कोरोना संक्रमण पुष्टी हुने सबैभन्दा धेरै ५२ जना बागलुङ नगरपालिकाका छन् । त्यैसरी ताराखोला गाउँपालिकाका ८, बरेङ गाउँपालिकाका १, गलकोट नगरपालिकाका १, जैमिनी र निसिखोला गाउँपालिकामा १/१ जना र काठेखोला गाउँपालिकाका ४ जनामा संक्रमण पुष्टी भएको हो । यो सँगै बागलुङमा सक्रिय संक्रमितको संख्या २ सय ६ पुगेको छ ।
धौलागिरी अस्पतालमा गरिएको परिक्षणमा पवर्त कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसंगै गण्डकी प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ३३२ पुगेको छ ।

Leave a Reply