पर्वतको जलजला गाउँपालिका-५,की एक महिला विगत तीन महिनादेखि बेपत्ता भएकी छन् । गएको फागुन १६ गते घरबाट निस्किएकी दुर्गादेबी सुबेदीको बेपत्ता भएको तीन महिना हुँदा पनि फेला नपरेपछि आफन्तले खोजीकार्यमा सहयोग गर्न अपिल गरेका छन् ।

घरबाट निस्किएर लोप्रेको फलामेडिल भन्ने ठाउँसम्म पुगेको जानकारी पाएपछि त्यस आसपासमा रहेका पर्वत र म्याग्दीका गाउँहरूमा खोजीकार्य गरेपनि फेला पार्न नसकिएको बेपत्ता भएकी सुबेदीकी छोरी कमला सुबेदी भट्टले बेनीअनलाइनलाई बताईन् ।

‘आमाको खोजीकार्यमा धेरै ठाउँमा पुगेपनि पत्ता लगाउन सकेनौं,‘कतै देख्नु्भयो भने खवर गर्नुहोला’ उनले भनिन् । मानसिक रोगको औषधी समेत सेवन समेत गर्ने गरेको आफन्तको भनाई छ ।

 

Leave a Reply