म्याग्दीको बेनी नगरपालिकामा दश दिन लकडाउन गर्न सिफारिस गर्ने निर्णय भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाको आयोजनामा सोमबार बेनीमा सम्पन्न सर्वपक्षिय छलफलबाट नगरपालिमामा यही बैशाख २२ गते राती १२ बजेदेखी पुर्ण रुपमा लडकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिमा भित्र कोरोना संक्रमणको दर दिनानुदिन बढ्ढै गएकोले थप रोकथाम तथा नियन्त्रणका लागि गर्न लकडाउनका लागि सिफारिस गरिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको डिसिसिएमसी र सुरक्षा समितिले सिफारिसको आधारमा निषेधाज्ञाको निर्णय गर्न सक्नेछ ।

नगरउपप्रमुख सञ्जु बरुवालको अध्यक्षतामा बसेको बसेको सर्वपक्षिय छलफलमा राजनितिक दल ,नेपाल पत्रकार महासंघ म्याग्दी ,वडाका जनप्रतिनिधि स्वास्थ्य कार्यालय,बेनी अस्पताल,गैरसरकारी संस्था ,म्याग्दी उद्योग वाणिज्य लगायत संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

छलफलमा भाग लिएका उद्योगी व्यवसायीहरुले आंशिक रुपमा लकडाउन गर्न माग गरेको थिए भने राजनितिक दल ,जनप्रतिनिधि ,स्वास्थ्य कार्यालय र चिकित्सकहरुले तत्काल लकडाउन गर्नुपर्ने सुझाएका थिए । लकडाउन गर्दा आर्थिक क्षेत्रमा ठुलो असर गर्ने भन्दै उद्योगी व्यवसायीहरुले लकडाउनको विकल्प खोज्न समेत आग्रह गरेका थिए ।यसैगरी ,जनप्रतिनिधि ,स्वास्थ्यकर्मी र राजनितिक दलले कोरोना रोकथाम तथा नियन्त्रणका लागि तत्काल लकडाउन गनुपर्ने सुझाएका थिए ।

Leave a Reply