?????????????????????????????????????????????????????????

म्याग्दी जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा स्थिति भयाभव बन्दै गएको छ। कोरोनाको दोस्रो लहर तीव्र फैलिइरहँदा सदरमुकाम बेनीबजारमा संक्रमणको दर तिब्र छ ।

आइतबार २४ जना संक्रमित थपिए । योसँगै संक्रमितको संख्या ७८ पुगेको छ भने संक्रिय संक्रमित ७० जना छन्। जिल्लाका सबै स्थानीय तहमा संक्रमित भेटिएसँगै समुदायस्तरमा भुसको आगो जस्तै भित्र–भित्रै कोरोना सङ्क्रमण फैली रहेको पुष्टी भएको छ । दोस्रो लहरमा संक्रिय संक्रमतिमध्ये बेनी नगरपालिका भित्रका ४५ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आइतबार थपिएका मध्ये १० जना बेनपाका रहेको बताउँदै नगरपालिका भित्र कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएको बताए । नगरपालिकाभित्रका संक्रमतिमध्ये वडा नं ७ र ८ मा संक्रमति धेरै छन् ।

जिल्लाका भित्रका ५ वटै स्थानीय तहको ठेगाना भएका संक्रमतिको ठूलो संख्या बेनीमै बसोबास गर्ने गरेको पाइएकाले बेनीबजार भित्र कोरोना भुसको आगो जस्तै सल्किरहेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए।‘अधिकांस संक्रमति बेनीबजारभित्रै छन्,‘बेनी संक्रमणको उच्च जोखिममा छ’ प्रमुख लम्सालले भने ।

सोमबार बेनी नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय भेलामा लम्सालले बेनीबजार भित्र देखिएको संक्रमणको अवस्था निकै जटिल हुने भएकाले आवश्यक सर्तकता अपनाउनुपर्ने बताए ।

निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. जितेन्द्र कँडेलले संक्रमणको अवस्थालाई सामान्य बुझ्ने प्रयास भए बिरामीको भिड ठेग्न नसक्ने अवस्थामा पुग्ने बताए । ‘अहिलेको अवस्था नै डरलाग्दो छ,‘तत्काल भिडभाड कम हुने रणनीति बनाउनुपर्छ, लुकेका संक्रमति कुनैपनि बेला निस्कन सक्छन्’ डा. कँडेलले भने ।

उनले प्रयाप्त परीक्षण गरे एकैदिनमा जिल्लाभित्र २ सय संक्रमति नै फेला पार्न सकिने अवस्था रहेकाले कोरोनाको संक्रमणबाट जोगिन आवश्यक तयारीलाई अव ढिलाई गर्न नहुने बताए । बेनपा पहिलो, अन्नपूर्ण दोस्रो, मंगला, मालिका र धवलागिरी क्रमश संक्रमणको जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका भित्रका संक्रमति समेत बेनीमै घुलमिल हुने भएकाले कोरोनालाई सामान्य रुपमा लिएमा अवस्था झन भयावह हुने भएकाले नगरपालिकाको बैठकमा सहभागी स्वास्थ्य क्षेत्रका प्रतिनिधिले लकडाउन सहितको मोडेलमा जानुपर्ने बताएका थिए ।

अस्पतालले उपचारका लागि आएका बिरामीबाटै संक्रमण फैलिन थालेपछि बहिरङ्ग सेवा (ओपिडी) बन्द गरेर फिबर क्लिनिक सञ्चालन गरेकोमा क्लिनिकमा आउने बिरामीहरूमा कोरोनासँग मिल्ने लक्षणका धेरै रहेको बताइएको छ ।

कोरोनाको दोस्रो लहर फैलिन सक्ने भन्दै सावधानीका लागि सुरूवातमा सरकारी निकायको तयारी समेत सुस्त गतिमा अगाडी बढ्यो ।

विभिन्न जिल्लामा संक्रमतिको संख्या ह्वात्तै बढेको अवस्थामा जिल्लाभित्र प्रवेश गर्ने सिमानामा कडाई नहुँदा संक्रमति सहरदेखि ग्रामिण क्षेत्रसम्म पुगेको परिणाम अहिले भोग्नुपरेको छ।

‘सावधानी नअपनाउने हो भने स्थिति भयावह बन्न सक्छ,‘चाहेर पनि केही गर्न नसक्ने अवस्था आउन धेरै समय कुर्नुपदैन’ बेनी अस्पतालका एक चिकित्सकले भने ।

गतबर्ष नाका र जिल्ला भित्र समेत कडाई गरिएकाले कोरोनाको नियन्त्रणमा निकै ठूलो सफलता मिलेको थियो । यसबर्ष संक्रमणको अवस्था हेर्दा तत्काल नियन्त्रणमा आउने सम्भावना न्यून छ ।

कोरोना पुष्टि भएका संक्रमतिलाई जानकारी दिइएपनि होम आइसोलेसनको अनुगमन गरिएको छैन भने कन्ट्याक्ट ट्रेसिङमा समेत सरकारी निकायले चासो देखाएको छैन्।दैनिक संक्रमित थपिने क्रम हेर्दा कोरोना नियन्त्रणबाहिर जाने खतरा बढेसँगै म्याग्दीमा पनि निषेधाज्ञा लगाउने सम्भावना देखिएको छ ।

यता बेनी नगरपालिकाले कम्तिमा १० दिन नगरपालिकालाई लकडाउन गर्न कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको छ । लकडाउन बाहेकको विकल्पमा छलफल भए निषेधाज्ञा जारी हुने छ ।

निषेधाज्ञाले समेत बेनीबजारका भिड नियन्त्रण भएपनि वित्तिय संस्था सहित चहलपहल हुने स्थानमा भने सर्वसाधारण जमघट हुने भएकाले सहर र ग्रामिण क्षेत्रको सम्पर्क विच्छेद गर्ने प्रस्तावमा भने बेनीबजारका ब्यवसायीले बिरोध गरेका छन् ।

कोरोनासँग जुध्न आवश्यक पर्ने न्यूनतम पूर्वाधारमा ध्यान नदिएर लकडाउन नै विकल्पको रुपमा लिने प्रयास भएको भन्दै म्याग्दी उद्योग वाणिज्य संघले अन्तिम विकल्पको रुपमा लकडानलाई रोज्न समेत अपिल गरेको छ।

Leave a Reply