बागलुङमा कोरोना संक्रमित एक महिला जनप्रतिनिधिको मृत्यु भएको छ । जिल्लाको ताराखोला गाउँपालिकाकी ३० बर्षिया जनप्रतिनिधि महिलाको उपचारका क्रममा हिजो राती धौलागिरी अस्पतालमा मृत्यु भएको हो ।

स्वास प्रस्वासमा समस्या आएपछि अस्पताल आएकी उनको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाईरस संक्रमण पुष्टि भएको थियो।

अस्पतालको सघन उपचारकक्षमा राखेर उनको उपचार भैरहेको थियो । स्वासप्रस्वासकै समस्याका कारण उनको मृत्यु भएको अस्पतालका डाक्टर शैलेन्द्र बिक पोखरेलले बताए । उनी गाउँ कार्यपालिका सदस्य हुन् ।

Leave a Reply