एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्ने सवारीसाधनमा सवार यात्रु अब बेनी नगरपालिका भित्र कुनैपनि स्थानमा निस्कन रोक लगाइएको छ ।

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने उद्देश्यले बेनी नगरपालिकालमा वैशाख २२ गतेदेखि लागु हुने गरी १० दिने निषेधाज्ञा जारी गरेको अवधिमा उत्तर दक्षिण राष्ट्रिय राजमार्ग अन्तरगत सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीसाधनमा सवार यात्रुलाई नगरपालिका भित्र कुनैपनि स्थानमा रोकमा कानुन अनुसार कारवाही गर्ने निर्णय भएको छ ।

मंगलबार बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले छिमेकी जिल्ला मुस्ताङ, बागलुङ र पर्वतका साथै देशका विभिन्न जिल्लाबाट नगरपालिका हुदै आवतजावत गर्ने सवारीसाधनलाई समेत कडा निगरानी राख्ने निर्णय भएको डिसिसिएमसिले जनाएको छ ।

यात्रु सवारीसाधनबाट निस्किएर बजारका होटलमा प्रवेश गर्ने, घुम्ने गर्दा थप संक्रमण फैलिन सक्ने भन्दै कडाई गरिएको हो ।  म्याग्दीमा छिमेकी जिल्ला बागलुङ हुदै आउने यात्रुलाई बेनपा १ रत्नेचौरमा कडा चेकजाँच हुने र मुख्य प्रबेशद्धार कालिपुल बसपार्कमा समेत लकडाउनै मोडेलमा चेकजाँच गरिने जनाइएको छ ।

म्याग्दीमा कोरोना संक्रमण समुदायस्तरमा फैलिनुमा जिल्ला बाहिरबाट आउने यात्रु र सर्वसाधारण प्रमुख कारण भएकाले निषेधाज्ञाको अवधिमा आवतजावतलाई समेत कम गराउने गरी सुरक्षा निकायले निगरानी बढाउने बताइएको छ ।

Leave a Reply