म्याग्दीका एक संक्रमतिको पोखरामा मृत्यु भएको छ । मंगला गाउँपालिका–१ तुसारेपानीका ७६ बर्षिय बृद्धको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक बृद्धलाई बैशाख १७ गते कोरोना पुष्टी भएको थियो । कोरोनाको लक्षण देखिएपछि गाउँबाट हेलिकप्टरमा लगिएका बृद्धको उपचारको क्रममा मृत्यु भएको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका सदस्य सुरत केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतकका छोरालाई समेत कोरोना पुष्टी भएको छ भने श्रीमतिलाई समेत लक्षण देखिएकाले उपचारका लागि लैजाने तयारी भइरहेको छ । म्याग्दीका ग्रामिण क्षेत्रमै कोरोना समुदायस्तरमा फैलिएको छ । सदरमुकाम बेनी तथा धेरै आवतजावत हुने क्षेत्र उच्च जोखिमममा छ ।

Leave a Reply