कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने उद्देश्यले बेनी नगरपालिकालमा वैशाख २२ गतेदेखि लागु हुने गरी १० दिने निषेधाज्ञा जारी गरिएको छ । बेनी नगरपालिकाले सोमबार गरेको सर्वदलिय बैठकले १० दिन पूर्ण रुपमा लकडाउनको सिफारिस गरेपनि मंगलबार बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले नगरपालिका भित्र लागु हुने गरी १० दिन निषेधाज्ञा गरेको हो ।

सर्वसाधारण पूर्णरुपमा लकडाउन र निषेधाज्ञाका बारेमा अलमलमा पर्ने गरेको पाइन्छ । म्याग्दीमा यसअगाडी सरकारद्धारा जारी गरिएको आदेश अनुसार नै लकडाउन गरिएपनि यसपटक नगरपालिका भित्र १० दिने हुने निषेधाज्ञामा अत्यावसेक सेवाहरू सञ्चालन हुने भएकाले यसलाई मिनी लकडाउनको रुपमा लिने गरिन्छ ।

निषेधाज्ञाको मुख्य उद्देश्य भिडभाड कम गर्ने भएकाले नगरपालिका भित्र विषेशगरी सहरी क्षेत्रमा २२ गते राती १२ बजेदेखि बैशाख ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा लागु हुने छ ।

संघीय सरकारले १५ दिन निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएपनि म्याग्दीमा स्थानीय तहको सिफारिसमा मात्रै निर्णय गरिने भएकाले आवश्यकता महसुस गरेका स्थानीय तहले सिफारिस गरेपछि मात्रै प्रशासनले निर्णय गरेको हो । म्याग्दीमा कोरोनाको दोस्रो लहरपछि २३ जना उपचारपछि घर फर्किएका छन भने ७३ जना सक्रिय संक्रमति रहेकोमा करिब आधा बेनीनगरपालिका भित्रका छन् ।

निषेधाज्ञाको अवधिमा बेनी नगरपालिका भित्र नियमित पाइने सेवाहरू
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उप दफा (३) र संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरिएको निषेधाज्ञाको अवधिमा औषधी उपचार, आफ्नो खेतबारीमा कृषिजन्य कार्य गर्ने, तोकिएको समयमा खाद्य बस्तु खरिद गर्ने जस्ता अत्यावश्यक काम, एम्बुलेन्स, बिरामी बोक्ने सवारीसाधन, खाद्यासाम्रागी तथा पशुपंक्षीका दाना, तरकारी, फलफुल, दुध डेरीजन्य उत्पादन, माछा, मासु, बीउविजन, ग्याँस तथा पेट्रोलियम पदार्थ, सञ्चार सेवा र निर्माण साम्रागी बोकेका सवारीसाधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले डयुटी जाने आउने प्रयोजनमा प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सेवाका साम्रागी बोकेका सवारीसाधन, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु, प्रेस पास तथा परिचयपत्र बाहक सञ्चारकर्मीहरुले प्रयोग गर्ने साधनहरु, औषधी तथा स्वास्थ्य साम्रागी लगायत छन् ।
२४ घण्टा खुल्ने सेवाहरू
अस्पताल, औषधीपसल, स्वास्थ्य साम्रागी विक्री गर्ने पसलहरु २४ घण्टा सञ्चालन हुने
विहान ३ घण्टा सञ्चालन हुने सेवा
जनस्वास्थ्यको मापदण्ड पालना गरी खाद्य सामग्री पसल, तरकारी, दुधजन्य डेरी पसल, खाना पकाउने ग्याँस विक्री गर्ने पसलहरु विहान ७ देखि १० बजेसम्म सञ्चालन हुने छ । जारी सूचनामा उक्त सेवाहरु साँझ सञ्चालन गर्ने बारेमा उल्लेख छैन् ।
वित्तिय संस्थामा सिमित कर्मचारी
बैंक तथा वित्तीय संस्था बीमा र सहकारी लगायत वित्तीय कारोबार गर्ने संस्थामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने र एक चौथाई कर्मचारीमा सिमित गरी कारोबार गर्नुपर्ने ।
यी कार्य बन्द
निषेधाज्ञाको अवधिमा बेनी नगरपालिका भित्रका होटेल तथा रेष्टुरेन्ट, व्यटीपार्लर, कपडा पसल, सैलुन, जिमखाना, सुनचाँदी, टेलरिङ्ग, फुटपाथ पसल, ट्युसन सेन्टर, उद्योग कलकारखाना बन्द रहने भएको छ भने सार्वजनिक निर्माण क्षेत्रमा कार्यरत मजदुरलाई आयोजनाको सिफारिसमा एक ठाउँबाट अर्को ठाउँमा पठाउन सकिन्छ। निषेधाज्ञामा अति आवश्यकबाहेक सार्वजनिक तथा निजी यातायातका साधन सञ्चालन गर्न पाइने छैन ।

 

Leave a Reply