मुलुकभर गर्मी मौसम सुरु भइसकेको छ । यस्तो गर्मी मौसममा स्वास्थ्यका लागि दही निकै फाइदाजनक मानिन्छ । दहीको नियमित सेवनले पाचन प्रणालीलाई राम्रो गर्छ । साथै, यसले पेटको अन्य समस्याहरुलाई हटाउनका लागि पनि सहयोग गर्छ ।

दहीमा प्रसस्त मात्रामा प्राटिन, क्याल्सियम, भिटामिन ‘बी’, बी १२, राइबोफ्लेविनलगायत पाइन्छ, जसले मानव शरीरको आवश्यकताहरुलाई पूर्ति गर्दछ । प्राय हामीले खाना खाइसकेपछि दूधको सेवन गर्नेगर्छौं ।

तर, हामीले दूधको साटो दही पनि सेवन गर्न सक्छौं । नियमित दही सेवन गर्दा मानव शरीरलाई विभिन्न फाइदा गर्छ ।

दही कसरी उपभोग गर्ने ?

हामीले खाना खाइसकेपछि दही तथा गुड खान सक्छौं । खाना खाइसकेपछि दही खानु निकै फाइदाजनक मानिन्छ । दहीको नियमित सेवनले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ, जसको कारण विभिन्न रोगबाट बच्न सकिन्छ ।

तर, रातिको समयमा भने दही खानु राम्रो मानिदैन । रातिको समयमा दही खाएमा शरीरलाई हानी हुने स्वास्थ्यविदहरुको भनाइ छ ।

प्रतिरक्षा प्रणाली मजबूत बनाउँछ 

कमजोर प्रतिरक्षा प्रणाली भएकाहरुलाई दही निकै उपयोगी मानिन्छ । दहीको पाइने तत्वहरुले मानव रो प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउँछ । दही उर्जाको राम्रो श्रोत हो । यसले निद्राको समस्यालाई पनि हटाउन मद्दत गर्छ ।

उच्च रक्तचापको कम खतरा

मुटुसँग सम्बन्धित रोगहरूको रोकथामका लागि दही निकै महत्वपूर्ण मानिन्छ । दहीको नियमित सेवनले उच्च रक्तचापको जोखिमलाई कम गर्छ ।

डान्ड्रफबाट छुटकारा पाइन्छ

छाला र कपालका लागि पनि दही निकै फाइदाजनक मानिन्छ । दहीको प्रयोगले डान्ड्रफको समस्यालाई कम गर्छ । जसको लागि दहीलाई कपालमा ३० मिनेटसम्म राख्नुपर्छ । त्यसपछि कपाललाई पखाल्नुपर्छ । यसो गर्नाले ड्यान्ड्रफबाट छुटकारा पाइन्छ ।

दाँत र हड्डीलाई मजबुत बनाउँछ

स्वास्थ्यका लागि दही पनि दूध जत्तिकै प्रभावकारी मानिन्छ । यसमा क्याल्सियम प्रशस्त पाइन्छ । जसले दाँत र हड्डीलाई बलियो बनाउन मद्दत गर्छ ।

कब्जितबाट छुटकारा पाइन्छ

दही र गुड़ खानु पेटको लागि धेरै लाभदायक मानिन्छ । यसमा पाइने विभिन्न पौष्टिक तत्वहरुले पाचन प्रणालीलाई ठीक राख्न मद्दत गर्दछ । जसको कारण कब्जियत, पखाला, एसीडीटीलगायतका समस्याबाट छुटकारा पाइन्छ ।*agency

Leave a Reply