?????????????????????????????????????????????????????????

म्याग्दीमा मंगलबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएका ४२ जनाको स्वाब संकलन गरिएकोमा २९ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

संक्रमति मध्ये बेनी नगरपालिकाका १७, धवलागिरी गाउँपालिका ६, मंगला गाउँपालिका १, मालिका गाउँपालिकाका१, रघुगंगा गापा गाउँपालिकाका र छिमेकी जलजला गाउँपालिकाका ३ जना रहेका छन् । सबै संक्रमतिको स्बाब बेनी अस्पतालमा संकलन गरी पिसिआरका लागि पोखरा पठाइएको थियो ।

यससँगै म्याग्दीमा संक्रमितहरुको संख्या ९९ पुगेको छ । जिल्लाभित्र हालसम्म ३ सय ४६ जनालाई कोरोना संक्रमण भएकोमा दोस्रो लहरमा संक्रमति हुनेको संख्या समेत १ सय नाघेको छ । म्याग्दीमा कोरोना संक्रमणको दर तिब्र देखिएको छ ।

Leave a Reply