पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा मंगलबार बेलुका चट्याङ लागेर ५ जना घाईते भएका छन् । घरमै बसिरहेको अवस्थामा मालिका-३ इग्रेकी २८ बर्षिया फुलिमायाँ विक, वडा नं ६ गगनपानीमकी ४८ बर्षिया विष्णु जुग्जाली, २५ बर्षिया राममायाँ सुनार, १७ बर्षिय लोकेन्द्र जुग्जाली, ११ बर्षिय सुरेन्द्र जुग्जाली रहेको गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले जानकारी दिनुभयो ।

‘घाईतेको अवस्था सामान्य,‘चट्याङले दायाँ खुट्टा, दायाँ हात तथा शरिरको दायाँतर्फको भागमा चोट लागेको छ’ उपाध्यक्ष विटालुले भन्नुभयो । घाईतेमध्ये ३ जना उपचारपछि घर फर्किएका छन् भने दुईको उपचार भइरहेको जनाइएको छ ।

चट्याङले गगनपानीका ३ घरको मिटरबक्स सहित अन्य इलेक्ट्रिक उपकरणमा समेत क्षती पुगेको छ भने डाँडागाउँ इग्रेमा बाटोमा हिडिरहेको अवस्थामा चोट लागेको थियो ।

घरको बिजुली प्रवाह हुने ‘वायरिङ’ र घर आसपासमा रहेका ठुला रुखमा चट्याङ खस्दा क्षती हुने गरेकाले ‘अर्थिङ’ उपयुक्त माध्यम भएपनि सर्वसाधारणलाई चट्याङबाट बच्ने उपायका बारेमा जानकारी नहुदाँ क्षती हुने गरेको छ ।

बिजुली चम्किएका बखत घरबाहिर वा खुला ठाउँमा आवतजावत नगर्ने, ठूला रूखका फेदमा नबस्ने र बिजुली चम्केका बेला टिभी र मोवाइल जस्ता इलेक्ट्रिक उपकरणहरु प्रयोग नगर्न समेत जानकारहरुले अपिल गर्ने गरेका छन् । म्याग्दीमा चैत, वैशाख र जेठ महिनामा चट्याङले लागेर मानवीय र भौतिक क्षती हुने गरेको छ ।

Leave a Reply