अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

कोरोना संक्रमणबाट पर्वतको जलजलाका एक बृद्धको मृत्यु

On: May 5, 2021 2:14 PM
Follow Us:

पर्वतमा कोरोना संक्रमणबाट एक जना बृद्धको उपचारका क्रममा निधन भएको छ । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ का ८४ बर्षिय बृद्धको मंगलबार राती मृत्यु भएको हो ।

बृद्धको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मंगलबार राती मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । बृद्धमा २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै पर्वतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।