कोरोना संक्रमणको पहिलो लहर सकिने आशा गर्दैगर्दा सुरु भएको दोस्रो लहरले अधिकांश मानिसमा डर पैदा गराएको छ। पहिलो लहरमा कम जोखिम देखिएका बालबालिका, युवादेखि बृद्धबृद्धामा पनि कोरोना संक्रमित हुनेदेखि, उपचार नपाउँने, ज्यानै जानेसम्मको डरले सताएको छ ।

डरका कारणले गर्दा उनीहरु अस्पतालमा जाँच एवं परामर्शका लागि आउने गरेका छन्। केही समय यता मानसिक रोगको उपचार लिन आउनेको भीड लागेको छ। यस्तो अवस्थामा कोरोनाभाइरससम्बन्धी समाचारले पनि चिन्तित बनाउन सक्छ। यसले मानिसको मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको छ।

अझ चिन्ता र अब्सेसिभ कम्पल्सिभ् डिस्अर्डर (ओसीडी) जस्ता मानसिक स्वास्थ्यका समस्या खेपिरहेका धेरैलाई त्यस्ता समाचारले थप विचलित बनाइदिन सक्छ। यस्तो बेला हामीले आफ्नो मानसिक स्वास्थ्यको समस्या कसरी समाधान गर्न सक्छौँ ? यस्ता छन् समाधान:-

१. समाचारलाई सीमित तुल्याउनुहोस् र आफूले पढ्ने सामग्रीबारे विचार पुर्‍याउनुहोस्

२. समाजिक सञ्जालबाट टाढै बस्नुहोस् र चिन्ता बढाउने सामग्री बन्द गरिदिनुहोस्

३. हात धुने गर्नुहोस्

४. अरू मानिससँग सम्पर्क गरिराख्नुहोस्

५. आफूलाई धपेडी हुने काम नगर्नुहोस्

यस समयमा प्रकृतिमा रमाउने, धेरै समय घाममा बस्ने, व्यायाम गर्ने, राम्रो आहारविहार गर्ने र पर्याप्त पानी पिइरहनु पर्ने विज्ञको सुझाव छ ।

Leave a Reply