नेपाली मौलिक लोक दोहोरी गीत संगीतको क्षेत्रमा म्याग्दी अगाडी छ । सहरबजार देखि ग्रामिण क्षेत्रसम्म लोकसंगीतका पारखी मात्रै छैनन् आफ्नो क्षमता अनुसार गीतसंगीतमा जम्ने कालाकारहरु पनि छन् । स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले गीतसंगीतमा आफ्नो क्षमतासँगै लोकसंगीतलाई चिनाउन समेत धेरै मेहनत गर्ने गरेको पाइन्छ ।

तीनबर्ष देखि कतारमा रहेका मंगला गाउँपालिका-३ बरंजाका नव सर्जक एवम् गायक विकाश अनुरागीले “ लेकमा गोबान” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।  नव गायक अनुरागीले म्यूजिक भिडियोमा युवा युवती विचको प्रेम कथालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरेको बताउँदै सबैको सल्लाहबाट आगामी दिनम थप सुधार गर्ने बताए ।

‘मैले त प्रयास मात्रै गरेको छु,‘आगामी दिनमा धेरै सुधार गर्नेछु’ उनले भने । गितमा स्वर बिकाश अनुरागी र टिका सानुको रहेको छ भने लय–बिकाश अनुरागी शब्द–सज्जन बोहोरा एरेन्जर–आकाश नेपालि मोडल–करिश्मा ढकाल,दिप सागर,टिका सानु,बिकाश अनुरागी रहेको छ । दर्पण रोका

 

Leave a Reply