म्याग्दीको ग्रामिण क्षेत्रमै कोरोनाको एन्टिजेन  परीक्षणमा धमाधम कोरोना पोजेटिभ भेटिन थालेका छन् । बुधबार पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमस्थित कोरोना अस्थायी अस्पतालमा ७ जनाको  गरिएको एन्टिजेन परीक्षणमा चारजनामा कोरोना पुष्टी भएको छ ।

सोही गाउँपालिकाकी एक बृद्धाको स्वासप्रवासमा समस्या बढेपछि बेनी अस्पतालमा स्किृनिङको क्रममा पोजेटिभ रिर्पोट आएको थियो ।

सिकिस्त अवस्थामा रहेकी बृद्धाको भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएकाले पोखराको मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको छ ।

ग्रामिण क्षेत्रमा समेत धमाधम कोरोनाका लक्षण भएकालाई गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएसँगै थप सर्तकता आवश्यक रहेको स्वास्थ्य कार्यालय म्याग्दीमा निमित्त प्रमुख एकनारायण लम्सालले बताए ।

एन्टिजेनमा पोजेटिभ रिर्पोट पीसीआर परीक्षण सरह हुन्छ’ प्रमुख लम्सालले भने । उनका अनुसार बुधबार नै अन्नपूर्ण गाउँपालिकोएन्टिजेनमा पोजेटिभ आएको एक बिरामीको पोखरामा गरिएको पिसिआर परीक्षणमा समेत पोजेटिभ नतिजा आएको थियो ।

एन्टिजेन परिक्षणका क्रममा लिएको–यालको नमुना प्रयोगशालमा नभएर किटबाट जाँच गरिन्छ। म्याग्दीमा दैनिकजसो एन्टिजेन परीक्षणमा पोजेटिभ नतिजा आउने गरेको छ ।

म्याग्दीमा संक्रिय कोरोना संक्रमतिको संख्या १ सय नाघेको छ। यसैबीच धवलागिरी गाउँपालिकाले कोरोनाको जोखिम बढेपछि अत्यावसेक बाहेकको सेवा बन्द गरिएको सूचना जारी गरिएको छ ।

Leave a Reply