हाललाई कोरोना संक्रमतिलाई आवश्यक पर्ने अक्सिजनको सिलिण्डर प्रयाप्त रहेको बेनी अस्पतालले जनाएको छ। जिल्लामा बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी अस्पताल भित्र रहेको ‘अक्सिजन प्लान्ट’ बाट नियमित उत्पादन भइरहेको छ ।

कोरोना संक्रमणले अवस्था गम्भीर हुन थालेकाको अवस्थामा अस्पतालभित्र प्लान्टबाट सिधै बिरामीको बेडमा जडान गरिएको बाहेक अस्पतालभित्रै निर्माणधिन अवस्थामा रहेका आइसोलेन कक्ष र सिलिण्डरबाट समेत अतिरिक्त सेवा दिने गरी तयारी अवस्थामा राखिएको निमित्त मेडिकल सुपरिन्टेन्डेण्ट डा. जितेन्द्र कँडेलले बताए। ‘आजको दिनसम्म अभाव छैन्,‘कोभिड संक्रमति धेरैलाई अक्सिजन दिन पनि परेको छैन’ डा. कँडेलले भने ।

बिरामीको शरीरमा आवश्यक पर्ने अक्सिजनमात्रा घट्छ, त्यस्तो बेला अतिरिक्त अक्सिजन दिनुपर्ने अवस्थाका कोभिड बिरामीको संख्या अहिले धेरै नभएकाले पनि सहज भएको बताइएको छ। अस्पताल भित्र रहेका सिलिण्डर बिरामीलाई घरमा लैजान दिइएको छैन् ।

अस्पतालभित्रै आवश्यक पर्ने भएकाले प्लान्टमा जडान गरेका बाहेक स्टक र एम्बुलेन्समा राखिएको छ । जिल्लाभित्र रहेका १ सय सक्रिय कोरोना संक्रमतिमध्ये १ जना बाहेक सबै होम आइसोलेसनमा छन्।अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अस्पतालमा संक्रमितको संङख्या बढ्न थालेपछि थप सिलिण्डरको ब्यवस्थापन गर्न लागिएको बताए ।

उनका अनुसार हाल अस्पतालमा ठूलो ३४, मध्यम ४ र सानो एम्बुलेन्समा जडान सहित ६ वटा सिलिन्डर छन् । १२ वटा सिलिण्डर प्लान्टमै जडान गरिएको छ ।गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र आन्तरिक आम्दानीबाट समेत अस्पतालले सबै गरी कुल ५० सिलिण्डर पु¥याउने अध्यक्ष कटुवालले बताए ।

जिल्लाभित्र दिर्घरोगीको मृत्यु भएपछि घरमा प्रयोगविहिन अवस्थामा रहेका सिलिण्डर समेत अस्पतालालई उपलब्ध गराउन समेत अध्यक्ष कटुवालले अनुरोध गरेका छन् । भविस्यमा विरामीको चाप ठेग्न नसक्ने अवस्था वा दिर्घरोगीलाई संक्रमण भएमा अक्सिजनको चरम अभाव हुनसक्ने अवस्थाप्रति समेत सर्तक रहेको उनले बताए ।

मातृ शोक परेपछि कृयामा रहेका अध्यक्ष कटुवालले आगामी आइतबारदेखि नियमित काममा फर्किएर सिलिण्डर थप गर्ने प्रक्रियालाई अगाडी बढाउने बताए । होम आइसोलेसनमा रहेका केही बिरामीले ब्यक्तिगत रुपमै ब्यवस्थापन गरेको पाइएको छ । कोभिड लामो समयसम्म जाने अनुमान गरेर थप सिलिण्डर मगाउन लागिएको अस्पतालले जनाएको छ ।

म्याग्दी र छिमेकी पर्वत जिल्लाबाट दमका बिरामी अक्सिजनको खोजीका लागि आउने गरेको अवस्थामा ब्यक्तिगत रुपम सिलिण्डरको ब्यवस्था गरेकाले भरेर लैजाने गरेका छन् । १५ बाट ५० शैया क्षमतामा स्तरोन्नती भएको अस् भेन्टिलेटिर सहितको सघन उपचार कक्ष समेत रहेको छ ।हाल कोरोनाका सिकिस्त बिरामीलाई पोखरा नै बेड उपलब्ध भएकाले पठाइएको छ ।

Leave a Reply