सामाजिक एवम् मानवीय क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनी लभ्ली हिलको बर्ष २०२१–२०२२ को अध्यक्षमा देबेन्द्र पौडेल निर्विरोध निर्वाचित भएका छन् । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी सामाजिक दुरी कायम गरी बुधबार बेनीमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट प्रथम उपाध्यक्षमा भरत बहादुर रकाल,द्धितिय उपाध्यक्षमा भागिरथ आचार्य, तृतिय उपाध्यक्ष लालबहादुर थापा सचिव नेत्रराज सुबेदी, कोषाध्यक्ष शोहन श्रेष्ठ, सहसचिव भिमनाथ शर्मा, सहकोषाध्यक्ष जिवन पौडेल रहेका छन् ।

अधिवेशबाट विभिन्न डाइरेक्टर अर्को बैठकबाट चयन गरिने क्लवले जनाएको छ । अधिवेशनका लायन्स क्लव ३२५ बि १ नेपालकी कलस्टर चिप सुनिता केसीको प्रमुख आथित्यतामा सम्पन्न भएको अधिवेशनका लायन्स क्लव बेनीका २०२०–२०२१ का अध्यक्ष सुमन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

क्लवका अ्रध्यक्ष अर्जुन पौडेलको अध्यक्षमता सम्पन्न भएको अधिवेशनले सामाजिक तथा मानवीय सेवासँगै क्लवमार्फत रचनात्मक कार्यहरुलाई निरन्तर सञ्चालन गर्ने अध्यक्ष पौडेलले बताए । सदरमुकाम बेनीबजार नजिकै रहेको पर्यटकीयस्थल लभ्लीहिलबाट नामाकरण गरिएको क्लवले उक्त क्षेत्रमा समेत विभिन्न कार्यक्रम समेत गर्ने गरेको छ ।

Leave a Reply