---Advertisement---

धवलागिरीकी कोरोना संक्रमति ७२ बर्षिया बृद्धाको पोखरामा मृत्यु

On: May 6, 2021 12:33 PM
Follow Us:

म्याग्दीको धवलागिरी गाउँपालिका–२ की कोरोना संक्रमति एक बृद्धाको पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ। स्वासप्रस्वासमा समस्या भएपछि बेनी अस्पतालमा उपचारमा लागि आएकी ७२ बर्षिया बृद्धाको थप उपचारका लागि बुधबार पोखरा पठाइएको थियो ।

अक्सिजनको मात्र निकै कम भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएपछि पोखरा पठाइएको बृद्धाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बिहिबार मात्रै बेनी नगरपालिका–१ घरभई हाल कालिपुलको होटलमा कार्यरत यूवाको धौलागिरी अञ्चल अस्पताल बागलुङमा मृत्यु भएको थियो । एकैदिन म्याग्दीका दुई कोरोना संक्रमतिले ज्यान गुमाएका छन् ।