कोरोना भाइरसको संक्रमणमा परेकालाई लक्षित म्याग्दी कोरला यातायात प्रालीले बसलाई एम्बुलेन्स बनाएर सेवा भएको छ ।

जिल्लाभित्र कोरोना संक्रमण तिब्र गतिमा फैलिएपछि प्रालिले सर्वसाधारणलाई यात्राका साथै बिरामीको सेवामा प्रालि अन्तरगत रहेका बसलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने गरी तयारी अवस्थामा राखेको सञ्चालक गोपाल केसीले बेनीअनलाइनलाई बताए ।

‘हामीसँ साना मझौला किसिमका सवारी साधन त छैन्, बस पुग्ने र आवश्यक परेमा एम्ब्ुलेन्स बनाएर सेवा दिन तयार छौ’ केसीले भने । उनका अनुसार जिल्लाको ग्रामिण क्षेत्रमा नियमित बस सेवा सञ्चालन भइरहेका सडकहरूमा प्रालि अन्तरगतका साना बसहरु पुग्न सक्ने ठाउँमा सेवा दिने बताए ।

यसअगाडी समेत कोरोना संक्रमणको समयमा बस सेवालाई सहज बनाइएको सञ्चालक केसीको भनाई छ । गाडीमा आवश्यकता परेमा अक्सिजन सिलिण्डर व्यवस्थापनमा समेत सम्बन्धित निकायलाई प्रालिले अनुरोध गरेको छ ।

कोरानाको संक्रमण तिब्र गतिमा बढेपछि जिल्ला बाहिर उपचारका लागि धेरै विरामीलाई लैजानुपर्ने अवस्थामा बस प्रभावकारी हुनसक्ने प्रालिको भनाई छ ।

प्रालिले अलपत्र परेका वा प्रशासनले आवश्यकता महसुस गरेमा यात्रुलाई समेत सेवा दिन सक्ने जनाएको छ । म्याग्दीमा सबैभन्दा धेरै नगरपालिकाभित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्स प्रयाप्त छैन् ।

बिरामीलाई निजी र भाडाका सवारीसाधनले बोक्न नमान्ने अवस्थामा निजी सवारीसाधनलाई समेत एम्बुलेन्स बनाउनुपर्ने आवश्यकता रहेको छ । म्याग्दीमा संक्रमतिको संख्या थपिने र उपचारकै क्रममा समेत मृत्यु हुन थालेपछि सरकारी स्रोत र साधनले ठेग्न नसक्ने अवस्थामा निजी क्षेत्रबाट समेत सहयोगको अपिल गरिएको छ । म्याग्दीका सबै स्थानीय तहमा बेनी नगरपालिकामा सबैभन्दा धेरै संक्रमित छन्।

निशुल्कसेवा दिनका लागि चालक र सह-चालक सहित तयारी रहेकाे जानकारी सहित आवस्यक परेमा सम्झनु हाेला।।
सम्पर्क :-
९८५७६४०००७ सुरत केसी
९८५७६२०६६७ माेहन केसी
९८५७६२३०९९ भिमसेन केसी

Leave a Reply