बिहिबार म्याग्दीमा थप २८ जना कोरोना संक्रमित फेला परेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्दीबाट पठाइएको स्बाब र पोखरामै गएर। चेकजाँच गरेका गरी ३० जनामा कोरोना पुष्टी भएको हो ।

संक्रमतिमध्ये बेनी नगरपालिकाका १९, रघुगंगा गाउँपालिका ३, अन्नपूर्ण गाउँपालिका १, मंगला गाउँपालिका १ जना रहेका छन् भने चारजनाले पोखरामा गएर स्बाब दिएकोमा कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

मंगलबार बेनी अस्पतालमा संकलन गरिएको ३७ जनाको स्बाब पठाइएकोमामा २६ जनामा कोरोना देखिएकाले म्याग्दीमा कोरोना संक्रमणको दर भयानक रहेकाले सर्तकता अपनाउन अनुरोध गरिएको छ ।

स्बाब संकलन गरिएकोमध्ये करिब ७० प्रतिशतमा कोरोना देखिनुले जिल्लाभित्र समुदायस्तरमा कोरोना दरलाग्दो तरिकाले फैलिएको छ ।

म्याग्दीबाट पठाइएको छिमेक्री जलजला गाउँपालिकाको दुई जनामा समेत कोरोना देखिएको छ । बिहिबार संक्रमणमुक्त भएका बाहेक नयाँ सहित करिब १ सय संक्रिय संक्रमति रहेको स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले बताए ।  संक्रमित करिब सबैजसो होम आइसोलेसनमा छन् । उनीहरुमध्ये धेरैलाई लक्षण देखिएपनि खरतामुक्त छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्बाब संकलन गरिएकोमा धेरैमा कोरोना देखिने जिल्लामा कास्कीपछि म्याग्दी छ ।

Leave a Reply