विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको संक्रमण समुदाय स्तरसम्म पुगेपछि गरिएको (लकडाउन) बन्दाबन्दीका कारण म्याग्दीको बेनी नगरपालिकाका सवै मानिस घरभित्र नै खुम्चिएका छन् ।

वन्दाबन्दीका कारण फुुर्सदिला बनेका म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका युवाहरु भने सुरक्षा सावधानी अपनाएर विकास निर्माणका काममा जुटेका छन् ।

गाउँका ८ जना युवाहरु मिलेर खहरेखोला–कुरुङ्दी–जलकेनी सडकको मर्मतका लागि बेनी नगरपालिकाले विनियोजन गरेको रु ५ लाख बराबरको कामको ठेक्का लिएर उनीहरु सडक मर्मतमा जुटेका हुन् ।

स्थानीय युवा पूर्णबहादुर हुमेनको नेतृत्वमा रामबहादुर पोख्रेल,विकास कुवँर,कृष्ण पोख्रेल लगाएतका युवाहरुले अहिले धमाधम खहरे खोलामा ग्याविन जाली भर्ने काम गरिरहेका बेनी नगरपालिका २ का वडासदस्य चन्द्रबहादुर कुवँरले जानकारी दिए ।

वडासदस्य कुवँरका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा बेनी नगरपालिकाको रु ५ लाखको लागतमा निर्माण गरिएको खहरेखोला–कुरुङ्दी–जलकेनी सडकमा गत वर्ष आएको बाढीले क्षति पु¥याए पछि सोही सडकको मर्मत कार्यमा युवाहरु जुटेका हुन् ।

बन्दावन्दीको समयमा घरमा विना काम वस्नु भन्दा युवाहरुले रोजगारी पनि पाउने र विकासको काम पनि हुने भएकोले सडक मर्मतको जिम्मा स्थानीय युवाहरुलाई नै दिइएको उनले बताए ।

बाहिरबाट मजदुर ल्याएर काममा लगाउँदा कोरोना संक्रमणको जोखिम पनि बढ्ने र स्थानीय युवाहरु पनि बेरोजगार बस्नु पर्ने भएकाले गाउँकै युवाहरुलाई काममा लगाइएको खहरेखोला–कुरुङ्दी–जलकेनी सडक मर्मत उपभोक्त समितिका अध्यक्ष रामबहादुर पोख्रेलले बताए ।

अध्यक्ष पोख्रेलका अनुसार सडकको खहरेखोला खण्डमा २२ वटा र अन्य भागमा १८ गरी ४० वटा ग्याविन जाली भर्नुकासाथै स्काभेटरको माध्यमद्धारा खहरेखोलादेखि जलकेनी बान्नोसम्मको करिब १ किलोमिटर सडकको मर्मत तथा सरसफाइ गरिने छ ।

Leave a Reply