म्याग्दीमा कोरोनाको दोस्रो लहरसँगै संक्रमति भएका ४० जना संक्रमणमुक्त भएका छन् । जिल्लाभित्र तिब्र गतिमा फैलिएको कोरोनाबाट संक्रमतिको संख्या ह्वात्तै बढेपनि संक्रमति भएर होम आइसोलेसनमा बसेका बिरामीको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आउनेको संख्या समेत उत्साहजनक रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

उनका अनुसार बुधबार १२ जना र बिहिबार १९ जना कोरोनामुक्त भएका छन भने दोस्रो लहरयता बेनी अस्पतालमा स्बाब संकलन गरी संक्रमति भएका कुल ४० जनाले जितेको बताए ।यसपटक संक्रमति होम आइसोलेसनमै बसेका थिए ।

कोरोनाको लक्षण देखिएपनि नियमित चिकित्सकको परार्मश र स्वास्थ्यमा समस्या आएमा तत्काल अस्पतालमा समेत चेकजाँच गरिएकाले सहज भएको संक्रमणमुक्त भएकाको भनाई छ ।

होम आइसोलेसनमा रहेका संक्रमतिलाई स्वास्थ्यकर्मीले आवश्यकता अनुसार नियमित अवस्था बुझ्ने गरेका थिए भने स्वासप्रवासमा समस्या भएका बिरामीलाई अक्सिजनको ब्यवस्थापन समेत गरिएको थियो ।

‘कोरोनामुक्त हुनेहरुको संख्या धेरै हुदाँ जिल्लामा अक्सिजन सहितको आवश्यक जनशक्ती ब्यवस्थापनमा सहज हुन्छ,‘कम्तिमा १२ दिन होम आइसोलेनमा बसेर निको भएपछि केही समय आराम गर्नुपर्छ ।

संक्रमणमुक्त भएलगत्तै नियमित काममा फर्किएपनि अचानक स्वास्थ्यमा समस्या भए अस्पतालमा चेकजाँच गर्ने, मास्क, सेनिटाइजरको प्रयोगसँगै भिडभाडमा जान नहुने चिकित्सकको भनाई छ । जिल्लामा कोरोनाको दोस्रो लहरपछि संक्रमति भएकामध्ये अहिले १ सय १० सक्रिय संक्रमित छन् । बेनी अस्पतालमा स्बाब लिएर पठाइएकोमा ३ जना संक्रमतिको मृत्यु भएको छ ।

Leave a Reply