म्याग्दीको बेनी नगरपालिका-२ का ७३ बर्षिय एक बृद्धको उपचारको क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । बैशाख २२ गते बेनी अस्पतालमा एन्टिजेन परीक्षणको क्रममा पोजेटिभ रिर्पोट आएको बृद्धलाई थप उपचारका लागि पोखरा रिफर गरिएकोमा मृत्यु भएको बताइएको छ ।

स्वासप्रस्वासमा समस्या भएपछि पोखरा पठाइएको कोभिड संकट ब्यवस्थापन केन्द्रमा रेडक्रस प्रतिनिधि सदस्य सुरत केसीले बताए । बृद्धलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने देखिएपछि पोखरा पठाइएको थियो ।

बिहिबार समेत एन्टिजेन पोजेटिभ आएकी धवलागिरी गाउँपालिका-२ की महिलाको उपचारको क्रममा पोखरामा मृत्यु भएको थियो भने एन्टिजेन पोजेटिभ आएका बेनपा-१ रत्नेचौर बस्ने तराईमुलका २२ बर्षिय यूवाको धौलागिरी अस्पताल बागलुङमा ज्यान गएको थियो ।

कोरोनाको लक्षणसँगै स्वासप्रस्वासमा समस्या भएपछि बेनी अस्पतालमा दिइएको अक्सिजनले सुधार नभएपछि बागलुङ र पोखरा रिफर गर्ने गरिएको छ । म्याग्दीमा कोरोना संक्रमतिमध्ये अधिकांसलाई लक्षण देखिएपनि अवस्था समान्य रहेको छ । सबैजसो संक्रमति होम आइसोलेसनमा बसेका छन् ।

 

Leave a Reply