म्याग्दीको मालिका गाउँपालिका-५ देविस्थानका एक यूवा ९ दिनदेखि बेपत्ता भएका छन् । देविस्थानको पनथोकबाट धान्ने बहादुर पुन बेपत्ता भएको आफन्तले बताएका छन्। बेपत्ता भएका यूवा स्थानीय चन्द्र बहादुर पुनका साइला छोरा हुन् ।

घरबाट सम्पर्कविहिन भएपछि खोजीकार्य भइरहेको स्थानीय सुर्यमुखी यूवा क्लवका दिप मगरले जानकारी दिए । बेपत्ता भएको दिनदेखि परिवारको कोहीसँग पनि सम्पर्कमा आएका छैनन् । परिवारले खोजी गरिदिन प्रहरी समक्ष अनुरोध गरेको छ । बेपत्ता धान्ने बहादुरलाई कसैले देखे भेटेमा ९८४७६२७१०४ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

Leave a Reply