जटिल रोगले ग्रसित म्याग्दीको धवलागिरी गाउँपालिका-३, मुदी बगरका टेकबहादुर गर्बुजाको उपचारमा डेढ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ । दुबै मृगौलामा खरावी, मुटु रोग र प्यारालाइसिसबाट ग्रसित भई आर्थिक अभावका कारण बेनीमा अलपत्र परेका गर्बुजाको उपचारमा विभिन्न अगुवामार्फत संकलन गरिएको १ लाख ५६ हजार ८५५ रुपैयाँ एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा मिलन म्याग्दीकी कार्यकारी अधिकृत दिवाकुमारी पुन, स्वास्थ्यकर्मी मिना राम्जाली, सुमित्रा थजाली, ग्लोरी आर्ट गुप्रका ललिन्द्र थापा मगर, इन्द्रेणी टोलकी याममायाँ फगामी, बिरामी बस्ने घरधनी राजु राम्जाली लगायतको उपस्थितीमा बिरामीकी श्रीमति मनमायाँल गर्बुजालाई हस्तान्तरण गरिएको अभियानकी दिलु विटालुले बताईन् ।

पोखरास्थित मणिपालका चिकित्सकले नियमित चेकजाँचका लागि दिएको समय एक महिना गुज्रिसकेपनि पोखरासम्म पुग्ने आर्थिक र उपचारमा आवश्यक खर्च जुटाउन नसक्दा बेनी नगरपालिका–७,इन्द्रेणी टोलको एउटा साघुँरो कोठामा अलपत्र परेको समाचार यसअगाडी बेनीअनलाइनबाट प्रकाशित भइसकेको छ ।

मुडो पल्टिए जस्तै गरी पल्टिएका श्रीमानलाई कुरेर बसेकी मनमायाँले सहयोगका लागि हारगुहार गरिरहेकी मनमायाँले उक्त सहयोगले राहत मिलेको बताईन् । अहिलेसम्म मनमायाँले ऋणधन गरी श्रीमानको उपचारमा करिब ९ लाख खर्च गरिसकेकी छन् । सहयोग गर्न चाहनेहरुका लागि पीडितकी श्रीमतिको मनमायाँ गर्बुजाको नं ९८४६९०१२०६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

सहयोग गर्ने दाताहरुको विवरण

१ ) मिलन म्याग्दीको समन्वयमा रु. ७,७,७४५।-
२ ) ग्लोरी आर्ट गुप रु. १८,५५५।-
३ ) दिदिबहिनि बचत तथा ऋृण सहकारी ‌संस्था लि रु. ५,५५५।-
४ ) याममाया फगानी रु.१६,०००।-
५ ) विरामीको गाउँबाट प्राप्त रु. २४,०००।-
६ ) विरामीको आफन्तबाट प्राप्त रु. १०,०००।-
७ ) धवलागिरी गा पा चेचुङ्ग युवा क्लव रु.५,०००।-

Leave a Reply