कोभिड सुरु भएपछि संक्रमणबाट बच्‍न धेरैले तातो पानी पिउने, बाफ लिने गर्न थाले । बीचमा एकपटक हामी सामान्य जीवनशैलीमा फर्कियौँ । अहिले हामीलाई दोस्रो चरणको कोभिड संक्रमणले गाँजिरहेको छ । दैनिक हजारौँ संख्यामा संक्रमितहरू भेटिन थालेका छन् । मृत्यु हुनेको संख्या पनि बढ्दै गइरहेको छ ।

तर, पहिलो चरणमा हामीले जसरी गम्भिरताका साथ प्राकृतिक अभ्यास अपनाएका थियौँ । अहिले त्यो उपाय अपनाउन छाडेका छौँ ।कोभिडसँग लड्न हामीले प्रतिरक्षा प्रणाली बलियो बनाउनुपर्छ । प्रतिरक्षा प्रणाली बलियो बनाउन पानीका महत्वपूर्ण भूमिका हुन्छ । पानी कम पिउने मानिसमा ‘डिहाइड्रेसन’को समस्या हुन्छ । जसले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ । हाम्रो शरीरको लागि अक्सिजन जति महत्वपूर्ण छ, पानी पनि उतिनै महत्वपूर्ण छ ।

कोभिड संक्रमणबाट घेरिएको यो अवस्थामा हामीले सक्दो पानी पिउनुपर्छ । त्यसमा पनि तातो । कोभिडका लक्षण भएकालाई चिसो पानीले राम्रो गर्दैन । यसले लक्षणहरू घटाउने होइन, झनै बढाउने काम गर्छ । चिसो पानीले ज्वरो, खोकी घट्दैन । छातीमा हुने इन्फेक्सनलाई आराम गर्दैन । त्यस्तै, तातोपानीले शरीरका भित्रि अंगहरूमा फाइदा गर्छ । तातोमा पनि मनतातो होइन, च्वास्स पोल्ने तातो पानी पिउनुपर्छ । त्यो पानी पिएको केही समयपछि सरर पसिना फुटोस् ।

तातो पानीले पसिना आउने क्रमलाई बढाइदिन्छ, श्‍वास, रक्तनली र शरीरमा जाम भएका ठाउँहरूलाई खुलाइदिन्छ । शरीरमा भएका अनावश्यक तत्वहरूलाई बाहिर निकाल्नको लागि पनि पानीको आवश्यकता पर्छ । अरु बेलामा पनि पानी खानु राम्रो हो । तर, कोभिडको यो महामारीमा तातो पानीको महत्व अझै धेरै छ ।

के हुन्छ पानी कम पिउँदा ?
आवश्यकताभन्दा कम पानी  पिउँदा कम पिसाब लाग्छ । जसको कारण पिसाबबाट जानुपर्ने बिकार जान पाउँदैन । यसले कोभिडजस्ता भाइरल इन्फेक्सनलाई झनै बढावा दिने काम गर्छ । भाइरस शरीरभित्रै फैलिने वातावरण तय गरिदिन्छ । पानी जति पियो रगत उतिनै निर्मलिकृत हुँदै जान्छ । र, मानिस पनि स्वस्थ हुन्छ ।

अहिले गर्मी समय भएको हुनाले धेरैले चिसो पानी खाइरहेका हुन्छन् । तर, जति गर्मी भए पनि यो बेला तातो पानी खान छाड्नुहुँदैन । कोभिडले गाँजिरहेको यो परिस्थितीमा गर्मी भयो भन्दैमा फ्रिजको पानी घुट्काउने अवस्था छैन । फ्रिजको मात्रै नभएर फ्रिज बाहिरको चिसो पानी पनि पिउनु हुँदैन ।

हामीले हाम्रो शरीरको तौलअनुसार पानी खानुपर्छ । एक केजी शरीरलाई ३५ देखि ४० एमएल पानी पिउनुपर्छ । सामान्यतया एक दिनमा तीनदेखि चार लिटर पानी पिएको राम्रो । तिर्खा लाग्नुले शरीरमा पानी अभाव भएको सूचना दिन्छ । त्यसैले तिर्खा लाग्नुभन्दा पहिले नै पानी पिउने बानी बसाल्नुपर्छ । पानी एकैपटक पिउनु हुँदैन । एक–एक घण्टाको अन्तरालमा एकदेखी दुई ग्लास पानी पिउनुपर्छ ।

भ्याक्सिनभन्दा शक्तिशाली ‘इन्टरमिटेन्ट फास्टिङ’ 

प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनको लागि ‘इन्टरमिटेन्ट फास्टिङ’ को पनि महत्व हुन्छ । इन्टरमिटेन्ट फास्टिङ भनेको हामीले खाना खाने समय र खाना नखाने समय छुट्याउनु हो । २४ घण्टामा आठ घण्टा खानेकुरा खान छुट्याउनुपर्छ । बाँकी १६ घण्टा फास्टिङको समय छुट्याउनुपर्छ । बेलुका ५ बजेदेखि बिहान ९ बजेसम्म केही खानु हुँदैन । बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्मलाई मात्र खानेकुरा खाने समय तोक्नुपर्छ ।

हामीले खाएको खाना भाइरसले पनि खाना खान्छ । लामो समय फास्टिङ बस्दा भाइरससम्म खानेकुरा पुग्दैन र, भाइरस निस्तेज हुँदै जान्छ । यस्तो अभ्यासले कोभिडसँग लड्न निकै सहयोग पुर्याउँछ । यो अभ्यास गर्न सकेको खण्डमा भ्यासिनभन्दा शक्तिशाली छ ।

एकहप्ता मात्रै इन्टरमिटेन्ट फास्टिङ गर्न थालियो भने पनि शरीरमा स्वत परिवर्तन आएको पाउन सकिन्छ । यसको मतलब भ्याक्सिन नै नलगाउनु भनेको होइन । यो प्राकृतिक कुरा हो । पैसा नलाग्ने अभ्यास हो । हामीले दैनिक जीवनमा खानपानमा मात्र थोरै ध्यान दियौँ भाइरससँग लड्न सक्छौँ ।

त्यागौँ जंकफुड 

कोभिडबाट बच्नको लागि जंकफुड त्याग्नुपर्छ । प्राकृतिक खानेकुराहरूमा जोड दिनुपर्छ । चाउचाउ, चाउमिन, प्याकेट र बोतलका खानेकुराहरू खानु हुँदैन । ती खानेकुराले हाम्रो शरीर सञ्चालनको प्रक्रिया नै परिवर्तन गरिदिन्छ । जसले भाइरसलाई रमाउने वातावरण बनाइदिन्छ । इकागज डटकमबाट साभार 

(योग तथा प्राकृतिक रोग विशेषज्ञ डा. डा. हेमन्तराज कोइरालासँग इकागज डटकमले गरेको कुराकानीमा आधारित )