म्याग्दीमा हालसम्मकै सबैभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पतालमा बैशाख २१ र २२ गते संकलन गरिएको ९१ नमुनामा ७० जनाको पिसिआर रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए । उनले पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा भेटिएका संक्रमति अहिलेसम्मकै धेरै भएको बताए ।

संक्रमतिमा बेनी नगरपालिका ३२,रघुगंगा गाउँपालिका–४, मंगला गाउँपालिका–१०, धवलागिरि गाउँपालिका–२ र अन्य जिल्लाका १५ जना गरी जम्मा ६३ जनामा पिसिआर र एन्टिजेन विधिबाट धौलागिरी गापाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमतिमध्ये सबैजसो होम आइसोलेसनमा छन् ।

हालसम्म म्याग्दीमा पिसिआर विधिबाट ४ सय ३९ जना र एन्टिजेन विधिबाट ३३ जना गरी जम्मा ४ सय ७२ जनामा कोरोना पुष्टी भएकोमा अहिले सक्रिय संक्रमतिको संख्या १ सय ५७ जना रहेका छन् । शुक्रबार निको हुने ८ जना सहित दोस्रो लहरससँगै करिब ५० जना संक्तमणमुक्त भएका छन् । म्याग्दी जिल्लामा सर्वसाधारणको हेल्चेक्राई र फितलो ब्यवस्थापनका कारण कोरोना समुदायमा सल्किएको छ ।

Leave a Reply