कोरोना भाइरसको संक्रमण नहोस् भन्नका लागि हामीले विभिन्न खानेकुराहरूको प्रयोग गरिरहेका हुन्छाैं । यस किसिमका खानेकुराले हाम्रो शरीरलाई बलियो बनाउन मद्धत गर्दछ भने रोग प्रतिरोधात्मक क्षमतालाई पनि कमजोर हुनबाट बचाउँछ । कोरोनाको यो महामारीमा स्वास्थ्यसँग सम्बन्धित कुनै पनि किसिमको सम्झौत गर्नु राम्रो हुँदैन।

अहिलेको कोरोना कालमा हाम्रो शरीरलाई रोग लाग्नबाट बचाउनु नै महत्वपूर्ण विषय बनेको छ । यसका लागि के खाने जस्ता कुरामा ध्यान दिन आवश्यक रहेको छ भने के नखादाँ राम्रो हुन्छ भन्ने विषयमा पनि ध्यान दिन उतिकै आवश्यक छ ।

कोरोना लागेको व्यक्तिले खानेकुरा ध्यानपूर्वक सेवक गर्न जरुरी छ । पोजेटिभ आएपछि बिरामीले भिटामिन सी, भिटामिन डी, मिनरलस, जींक जस्ता पोषक तत्व भएको दाल, सिमी, माछा, मासु, अण्डा, आदि खानेकुराको बढी सेवन गर्नु पर्छ ।

यस्तै, कोरोना संक्रमित भएका व्यक्तिले निम्न खानेकुराहरुबाट टाढै बस्न आवश्यक हुन्छः

१.प्याक गरिएको खाना  

कोरोना संक्रमित भएका व्यक्तिले प्याक गरिएको खानाबाट टाढै बस्न आवश्यक हुन्छ । यो खानेकुरा बासी हुने भएकाले यस किसिमका खानेकुरामा शरीरलाई चाहिने पोषक तत्वकोे कमी हुन्छ । प्याक गरिको खानाभन्दा बढी फाइदा ताजा पकाइएका खानेकुरामा ताजा आफूलाई मन पर्ने किसिमले पकाएर खाने बानी बसालौ । यदि आफन्तलाई कोरोना संक्रमण भई आईसोलेसनमा बसेको छ भने पनि ताजा र पोषिलो खानेकुराहरु खान दियौँ ।

२.मसालेदार खाना

कोरोना लागेको व्यक्तिले धेरै मसालेदार खानाको सेवन गर्नु हुँदैन । थारै मसाला ठिक हुन्छ तर धेरै सेवन गर्नाले यसले नकरात्मकम रुप लिन सक्छ । कोरोना लागेको व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमतमको कमी भएको हुन्छ । त्यसैले मसालेदार खानाको सट्टा सादा र पोषिलो खानामा ध्यान दिन आवश्यक छ । खानामा खिचडीको प्रयोग पनि राम्रो मानिदै आएको छ । खानामा खिचडीको प्रयोग गर्दा खाना छिट्टै पच्छ र स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।

३.चिसो पेय पदार्थ

कोरोना संक्रमित व्यक्तिले चिसो पेय पदार्थ तथा सोडा भएको पेय पदार्थको सेवन गर्नु राम्रो हुँदैन । कोरोना संक्रमित व्यक्तिले भने तातो पानी, बेसार पानी, काँढा, कागती पानी जस्ता पदार्थको सेवन गर्नु नै राम्रो हुन्छ । कागती पानीले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्दछ । दूध बेसार पाि राम्रो मानिदै आएको छ  ।

४.तारेको खानेकुराहरु 

बनाउन सजिलो भएता पनि तारेको खानाले हाम्रो शरीरललाई भने फाइदा गर्दैन । तारेको खानामा अस्वस्थ बोसोको मात्रा बढी रहेको हुन्छ जसले गर्दा पच्न गाह्रो हुन्छ । तारेको तथा फ्राई गरिएको खानेकुराले शरीरको तौल बढ्ने गर्दा यसले अन्य रोगहरु पनि निम्त्याउने गर्छ । यस किसिमको खानेकुराले रोग प्रतिरोधात्मक क्षमतमलाई असर पुर्याउने गर्छ । यस किसिमका खानेकुराभन्दा ताजा तथा काचो फलफूल शरीरका लागी फाइदाजनक रहेको हुन्छ ।

खानेकुरा र हाम्रो स्वास्थ्यको गहिरो सम्बन्ध रहेको हुनाले आफ्नो खानेकुराको छनौट गर्दा विशेष ध्यान दिने गरौँ र स्वस्थ बनौँ । nagariknews.com

Leave a Reply