म्याग्दीमा कोरोना संक्रमतिको संख्या तिब्र गतिमा फैलिन थालेपछि स्थानीय तहले धमाधम आइसोलेसन कक्ष तयार पारेको छ । मालिका गाउँपालिकाले वडा नं ६ स्थित दरबाङ छ्यारछ्यारेको नवनिर्मित सभाहलमा १५ बेडको आइसोलेसन सेन्टर तयार पारेको हो ।

प्राथमिक उपचार केन्द्रमा रहेका एमबीबीएस डाक्टरसहितको स्वास्थ्यकर्मीले सेवा दिने गरी आइसोलेसन तयार पारेको गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले जानकारी दिनुभयो ।‘संक्रमितलाई राख्न थप ब्यवस्थापन गरेका छौ,‘संक्रमितसँग प्रत्यक्ष सम्पर्कमै छौ’ उपाध्यक्ष विटालुले भनिन् ।

दरबाङ बजारबाट नजिकै रहेको आइसोलेसन कक्षको ब्यवस्थापनमा गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, वडा नं ६ का अध्यक्ष सन्तनाथ सुबेदी, गाउँपालिकाका कर्मचारी, सुरक्षाकर्मी सहितको टोली सक्रिय भएका थिए। मालिमा कोरोना संक्रमति बढ्दै जान थालेपछि संक्रमतिलाई होम आइसोलेनमा बस्न समस्या भएको थियो ।

संक्रमति घरका अन्य सदस्यसँग घुलमिल हुदाँ संक्रमतिसँगै समुदायका अन्य सदस्यहरुसँग समेत घुलमिल हुने भएकाले संस्थागत आइसोलेसन सहज हुने बताइएको छ । आइसोलेसन कक्षमा सुरक्षाकमी, स्टाफ नर्स सहितको टोली समेत तयारी गरिएको छ ।

गाउँपालिका अध्यक्ष रोकाले कोरोनाको लहर जिल्लाभरी फैलिरहेको अवस्थामा हरेक वडामा रहेका संक्रमतिको समस्या समाधान गर्ने गरी वडाका जनप्रतिनिधलाई परिचालन सहित स्वास्थ्यमा समस्या भए तत्कालै सवारीसाधनको समेत ब्यवस्थापन गरिएको बताए । संक्रमतिलाई अत्यावश्यक पर्दा अक्सिजन सिलिण्डर सहितको ब्यवस्थापन समेत गरिने छ ।

Leave a Reply