शिक्षक शब्दलाई विभिन्न दृष्टिकोणबाट व्याख्या गरिए पनि एउटा असल र प्रभावकारी शिक्षक विषयगत ज्ञान र दक्षता, पेशागत दक्षता, कला विज्ञान र प्रविधिको दृष्टिकोणबाट दक्ष, शैक्षिक रणनीतिको प्रयोगकर्ता, नयाँ शैक्षिक रणनीति खोजी गर्न सक्ने, कक्षा व्यवस्थापन र समय तालिकाअनुसार आफूलाई परिवर्तन गर्न सक्ने, शैक्षिक सिद्धान्तहरु र समय सुहाउँदो विशिष्ट अन्तरवार्ता राख्ने, विशिष्ट व्याख्याकर्ता, राम्रो प्रश्नकर्ता र नजिकबाट मार्ग निर्देशन गर्ने प्रवचक हो।

शिक्षण पेशा भनेको वास्तवमा पेशा नभएर सेवा हो भन्ने ठान्दछु । किनभने मैले जति समय शिक्षण सेवामा लगाइरहेको छु ती सबै अनुभवले म आफू जहिले पनि सेवा र सहयोगको भावना हरक्षण आइरहेको हुन्छ । ती विचार र भावनाले जनताको उन्नति र प्रगतिको लागि हमेशा प्रेरित गरिरहेको हुन्छ।

विभिन्न मनोवैज्ञानिकहरुले शिक्षणलाई एउटा कलाको रुपमा लिने गरेको पाइन्छ । विद्यार्थीको ज्ञानलाई पुर्नसंरचना गर्नु चिन्तनलाई अझ स्पष्ट र पूर्णता दिनु शिक्षण हो । यसैगरी शिक्षण भनेको पूर्ण र सही ज्ञान विद्यार्थीहरुमा हस्तान्तरण र प्रस्तुत गर्नु हो ।

विद्यार्थीहरुले त्यस्तो शिक्षणलाई राम्रो मान्छन् जुन सिकाइमा निम्न कुराहरु समेटिएको हुन्छ ःव्यक्तिगत भिन्नता, सक्रिय सहभागिता र सिकाइ, निरन्तर पृष्ठपोषण र पुनर्बल, तत्परता अथवा प्रेरणा, समस्यामूलक सिकाइ सहजीकरण, भावनात्मक तथा व्यवहारिक समस्याको व्यवस्थापन र अशाब्दिक सञ्चार ।

त्यसैले शिक्षण भनेको कला हो, जसको माध्यमबाट आफूले पढेको परेको सिकेको ज्ञान, सीप र अनुभवको हस्तान्तरण गरिन्छ । यो जीवन अवधिभर चलिरहने निरन्तर पद्धति पनि हो ।

कुनै पनि कुरा सिक्न र प्राप्त गर्न विद्यार्थी अर्थात् सिकारु आफैले प्रयत्न गर्नुपर्छ तर सिक्ने र प्रयत्न गर्ने सिलसिलामा सिकारुलाई सहयोग वा मार्ग निर्देशनको आवश्यकता पर्दछ त्यसको भूमिका शिक्षकले निर्वाह गर्न सक्दछ ।

सकारात्मक व्यवहार वा सहयोगले विद्यार्थीको सिक्ने क्षमतामा वृद्धि वा हौसला प्रदान गर्दछ । सिक्नका लागि अनुकूल वातावरण विद्यालयले निर्माण गर्न सक्दछ । जसले प्रभावकारी सिकाइ गराउन सहयोग गर्दछ ।

२०७६ सालको चैत्र ११ देखि पहिलो चरण अनि फेरि आज भोलि मुलुकमा भएको लकडाउनले सबैभन्दा बढ्ता प्रभावित शैक्षिक क्षेत्र नै देखिएको छ । विद्यार्थीको पठनपाठनलाई सहजीकरण गर्ने भन्दै नेपाल सरकार शिक्षा मन्त्रालयले पठनपाठन सञ्चालनको लागि शिक्षण सिकाइको वैकल्पिक कार्यविधि बनायो ।

सूचना तथा सञ्चारका विभिन्न साधनलाई प्रयोग गरी पठनपाठन क्रियाकलाप सञ्चालन गर्ने बानी र क्षमता शिक्षक तथा विद्यार्थीमा नहुँदा एवं राज्यका तीनै तहका सरकारको शिक्षण सिकाइ प्रक्रिया सञ्चालनसम्बन्धी असक्षमताका कारण शिक्षक र विद्यार्थी वर्गमा ठुलो मर्का परेको छ । तीन तहका तीन प्रकारका निर्णय, राज्यका नीति निर्माण गर्ने र लागु गर्ने तहमा रहेका विद्धान वर्गहरुको कारण शिक्षकलाई बदनाम गर्ने काम भैइरहेका छ ।

नियमित पठनपाठन, परामर्शको अभावमा शिक्षक र विद्यार्थीमा मानसिक तनाव, उच्च संवेग जस्ता समस्याहरु देखा परेका छन् । धेरै विद्यार्थीहरुको उमेर खेर जाने र पढाइप्रति वितृष्णा पैदा भई पढाइ छोड्ने अवस्था देखिएको छ । देशका बहुमत विद्यालय, शिक्षक, विद्यार्थीहरु इन्टरनेटको पहुँच बाहिर छन् । जसको कारण देशमा दुई प्रकारका विद्यार्थीको जन्म भएको छ । शिक्षकलाई अब वैकल्पिक तरिकाबाट सोच्न र आफ्ना कार्यशैली परिवर्तन गर्नैपर्ने वाध्यता छ ।

त्यसैले अबको शिक्षक, शिक्षण र विद्यालय प्रविधिमैत्री हुनु आवश्यक छ किनभने शिक्षा विकासमा यी तीन कुरा एक अर्काको परिपूरक मानिन्छ । कुनै पनि सिकारुलाई सिक्नका लागि उपयुक्त प्रक्रिया, अवसर, आवश्यक स्रोत साधनको व्यवस्था मिलाइ सिक्न सहज र सक्षम बनाउन शिक्षक, शिक्षकको शिक्षण र प्रभावकारी विद्यालय व्यवस्थापनको अहम भूमिका रहेको हुन्छ ।

कोभिड –१९ का कारण आज विश्व नै विक्षिप्त बनेको अवस्थामा हाम्रो देश पनि त्यसबाट अछुतो रहेको छैन । बरु अरु देसमा सामान्य बन्दै गर्दा यसले हामीमाथी अझै आप्mनो प्रभुत्व जमाउन खोजिरहेको छ । यो भाइरस आजसम्मको मानव सभ्यताका लागि नौलो र रहस्यमयी मात्र भएन, यसले असर नगरेको क्षेत्र पनि सायदै होला ।

विश्वको अर्थतन्त्र, शक्तिशाली भनौँदा राष्ट्रहरुको शक्ति, शिक्षा, रोजगारी, स्वास्थ्य यहाँ सम्म कि विश्वका मानिसहरुको दैनिकीमै परीवर्तन ल्याइदिएको छ । निश्चित सीमाभित्र रहन बाध्य बनाइरहेको छ । हुन त विश्वमा यसको असर शुरुवातको समय भन्दा कम हुँदै गएपनि पछिल्लो समयमा नेपालमा भने यसले तीब्र रुप लिँदैछ ।

नेपालको विभिन्न समयकालमा आउने प्रकोप अनि त्यसबाट सिर्जित विपद ले शिक्षा क्षेत्रमा नराम्रो असर गर्दै आएको छ, विधार्थी तथा बालबालिकाले बर्षेनी कतै न कतै, कुनै न कुनै प्रकोप तथा विपदले शारिरिक तथा मानसिक तनाब तथा कष्ट भोग्दै आउनुपरेको छ ।

विशेष गरि २०७२ सालको भुकम्पले आक्रन्त र भयवित बनायो कैयौ बालबालिका वा विधार्थी लामो समय सम्म खुला चउर तथा पाल मुनी बसेर डर र त्रासपुर्ण अर्थात असुरक्षित बातावरणमा अध्यन गर्न बाध्य बनायो त्यो क्षण भुल्न नपाउदै अहिले त्यसको ५ बर्ष पुग्नसाथ नोभल कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण विश्वभरि फैलियो जसले सुरक्षित हुन घर बाहिर निस्कन ,विद्यालय जान नै प्रतिबन्ध लगायो ।

यस्तो समयमा बालबालिकामा मानसिक समस्या देखा पर्न सक्ने सम्भावना भएकोले बालबालिकालाइ त्यस समस्या बाट कसरि टाढा राख्न सकिन्छ भनेर विभिन्न सुझाब पनि आएका छन तर अभिभावकले ,सुझाबको अनुुसरण कत्तिको गरेका छन भन्ने कुरामा भरपर्छ ।

सरकार वा सम्बन्धित निकाय तथा विभिन्न स्थानीय सरकारले वा संस्थागत विद्यालयले अनलाइन प्रबिधि बाट कक्षा सञ्चालन गर्न निर्णय तथा सुरु पनि गरिसकेका छन तर यो नेपालको परिबेश सबैमा मा उपयुक्त्त छैन भन्नेमा दुइमत छैन ।

नेपाल सरकारले विद्यालय लाइ शान्ति क्षेत्र भनेर घोषणा पनि गरेको तथा विद्यार्थीलाइ सिकाईका लागि सुरक्षित बातावरणको सुनिश्च्त गर्न बिभिन्न कार्यक्रम तथा योजना, लागु गरेको छ जस्तै, विद्यालय क्षेत्र सुधार योजना, बृहत विद्यालय सुरक्षा गुरु योजना आदि,र यिनिहरुलाइ कार्यन्यन मा सघाउ गर्न सञ्चालित विद्यालय सुरक्षा तथा अन्य विभिन्न कार्यक्रम तथा परियोजना को काम मा पनि प्रभाब पारेको छ जसले गर्दा नेपाल सरकारको अति कम विकसित राष्ट्र बाट सन २०३० मा विकासोन्मुख राष्ट्रमा स्त्तरोन्नती गर्न लक्ष्य पनि पुरा हुनेमा चुनौति देखिएको छ ।

शिक्षा क्षेत्र संग सम्बन्धित काम , कार्यक्रम, परियोजना , विधार्थी को सिकाइ लाइ कसरि सुरक्षित बाताबरण मा सञ्चालन गर्न सकिन्छ भन्ने मा सरकारले बिज्ञहरु संग समय समयमा परामर्श पलि लिइरहेको छ ।

सबै र सधै बन्दाबन्दी गरेर पनि हाम्रा दिर्घकालिन लक्ष्य तथा उद्धेश्य पुरा नहुने, बालबालिकामा मनौबैज्ञालिक असर गर्न तथा दैनिक ज्यालादारीमा काम गरि गुजरा चलाउने परिवार, गरिबिको चपेटामा परेका परिवार जसलाइ बिहान बेलुका के खाने भन्ने संकटमा परेका छ र विश्ेष गरि ति परिवारका बालबालिकामा पर्ने र परेको असर लाइ कम गर्नु, र कोरोनाभाइरसको संक्रमण बाट सुरक्षित राख्नु अहिलेको आवश्यक र चुनौति दुबै हो ।

यस अवस्थामा सबंै मिलेर सबैको साझा बुझाइ गराइ विभिन्न कार्य गर्न सम्भाब्यताको खोजि गरि सरकार र त्यसका विभिन्न तहका निकाय, संघसंस्था तथा सबैको समन्वयमा कोरोना भाइरसको संक्रमण हुन नदिइ सम्भाब्य विकास निर्माण का काम गर्नु अहिलेको आवश्यकता हो ।

बदलिँदो परिवेशलाई आत्मसात गर्दै शिक्षण सिकाइ क्रियाकलाप मा नबिनतम प्रबिधिको प्रयोगमा जोड दिदै विद्यार्थी हरुको इन्टरनेटमा पहुच वृद्धि गर्दै शिक्षण सिकाइ लाई डिजिटलाइज्ड गर्न अब ढिला गर्न हुदैन।

जति सकिन्छ त्यत्ती बाट सुरु गर्दै क्रमश बिद्यार्थी बढाउदै लाने अनलाइन पहुच नहुने लाई अफलाइन शैक्षिक सामाग्री बिकाश गरि बितरण गर्नु अहिलेको प्राथमिकता हुन । नेपाल सरकार, स्थानिय तह, बिद्यालय अभिभावक बिद्यार्थी अनि स्वयम् शिक्षक जिम्मेवार नबन्ने हो भने ठूलो शैक्षिक क्षति हुने छ । त्यसकारण जिम्मेवार बनौ सुरक्षित स्वास्थ्य मापदण्ड पालना गर्दै शैक्षिक क्षति न्यूनीकरण मा लागौ ।
सुबेदी प्रकाश माविका अंग्रेजीका शिक्षक हुन् ।

Leave a Reply