कोरोना भाइरस सङ्क्रमित तथा समस्यामा परेकालाई सहयोग गर्ने गरी गंगा जिसी फाउण्डेशनले स्रोत साधनको ब्यवस्थापन गरी टोली परिचालन गरेको छ ।

सामाजिक तथा मानवीय सेवामा सक्रिय रहेको फाण्डेशनले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर जिल्लाका सबै स्थानीय तहमा स्वयंमसेवक परिचालन गरेको अध्यक्ष नारायण जिसीले बताए । उनले बेनी नगरपालिका सहित सबै गाउँपालिकामा स्वयंमसेवकको नाम र सम्पर्क नम्बर समेत तोकेर खटाइएको बताए ।

कोरोना भाइरसर फैलिरहेको अवस्थामा अरू बिरामीको उपचारमा समेत कुनै समस्या नहोस् भनेर ५ वटा सवारीसाधनको ब्यवस्थापन गरिएको फाउण्डेशनका सदस्य सचिव एवम् सचिवालय प्रमुख बिमल रिजालले बताए ।फाउण्डेशनले निलगिरी यातायात प्रालिसँग समन्वय गरी सार्वजनिक यातायातमा प्रयोग गरिएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिने उनले बताए ।

फाउण्डेशनले प्रसुति लगायतका जटिल समस्याका बिरामीको उपचारका लागि अस्पताल पुग्न सहयोग पुगोस् भन्ने उद्देश्यले सुरु गरेको अभियानले राहत मिल्ने अपेक्षा गरिएको छ । यसअगाडी फाउण्डेशनले बाढीपहिरो पीडितलाई राहत तथा घाईतेको उद्धार, विपन्नको शिक्षामा सहयोग गरेको थियो ।

Leave a Reply