म्याग्दीमा सामाजिक एवम् मानवीय सेवामा क्रियासिल लायन्स क्लवले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरी जिल्लाको धवलागिरी गाउँपालिकामा करिब ५० हजार बराबरको स्वास्थ्य साम्रागी वितरण गरिएको छ ।

लायन्स क्लव अफ बे नी पिस सिटीले वडा नं २ लुलाङ र वडा नं ७ ताकममा २१ सय थान सर्जिकल मास्क, १ सय थान ९५ , पल्स अक्सीमिटर ४ थान, ४५ लिटर सेनिटाइजर, ग्लोब्स २ प्याकेट र साबुन ३ सय पिस वितरण गरिएको क्लवका बर्ष २०२०÷२१ का अध्यक्ष खम थापा मगरले बताए ।उनका अनुसार ताकमको धारापानी, मुनामा समेत स्वास्थ्य साम्रागी वितरण गरिएको थियो । धवलागिरी गाउँपालिकामा कोरोना संक्रमति ह्वात्तै बढेपछि वडा कार्यालयसँग समन्वय गरी वितरण गरिएको क्लवले जनाएको छ ।

स्वास्थ्य साम्रागी हस्तान्तरण कार्यक्रममा क्लवका पूर्व अध्यक्ष एवम् जोन चियरप्रसन लोकेश पुनमगर, क्लवका दुर्गा बुढामगर र पत्रकार महासंघ म्याग्दीका सहसचिव कमल खत्रीको उपस्थितिमा स्थानीय जनप्रतिनिधि र सरोकारवालाको उपस्थितीमा हस्तान्तरण गरिएको हो । कोरोनाको पहिलो लहरमा समेत क्लवले विभिन्न रचनात्मक कार्य गरेको थियो । जिल्लाभर लायन्स क्लवले अभियान सञ्चालन गर्ने जनाएको छ ।

Leave a Reply