म्याग्दीका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार मृत्यु हुनेमापश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ का ५८ बर्षका पुरुष हुन् ।

वैशाख २४ गते बेलुका ६ ः१५ बजेको समयमा मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ती पुरुषमा १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्दी सहित गण्डकी प्रदेशमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Leave a Reply